Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबागबानीमा आउने आन्तरिक पर्यटनमा गिरावट

बागबानीमा आउने आन्तरिक पर्यटनमा गिरावट


महेन्द्र शाही
सोलुखुम्बु, साउन २९
सोलुखुम्बुको बागबानी केन्द्रमा घुम्न आउने आन्तरिक पर्यटकको आगमनमा कमी आएको छ । अघिल्लो वर्ष दैनिक औसतमा ४० जनाको हाराहारीमा आउने आन्तरिक पर्यटकहरु यो वर्ष करिब ५० प्रतिशतले कम भएका हुन् । यो वर्ष मुस्किलले २० जनाको हाराहारीमा मात्रा आउने गरेको बागबानी केन्द्रका सूचना अधिकारी चन्द्र फडेराले जानकारी दिए ।

कोरोनाका कारण पनि यो वर्ष घुम्न आउनेको सङ्ख्यामा कमी आएको बागबानी केन्द्रको अनुमान छ । जिल्लामा रहेका सरकारी कर्मचारीहरु विदाको दिन घुम्न आउने भए पनि यो वर्ष शनिबार केन्द्र बन्द गरिएको र अन्य दिन पनि पहिलेजस्तो उल्लेख्य मात्रामा घुम्न आउनेहरु नरहेको उनको भनाइ छ । अघिल्लो वर्ष खोटाङ ओलखढुङ्गाबाट समेत कृषक तथा अन्य व्यक्तिहरु घुम्न तथा अवलोकनका लागि आउने गरेको भए पनि यो वर्ष कोरोनाको कारण ती जिल्लाबाट अवलोकन गर्न आउनेहरु नआएको सूचना अधिकारी फडेराले बताए ।

अघिल्ला वर्षजस्तो यो वर्ष अवलोकनकर्ताको चाप नरहेको उनले बताए । अघिल्लो वर्ष शनिबार एक जना कर्मचारी नै खटाएर घुम्नका लागि आउनेहरुको रेखदेख गर्ने र विवरण राख्ने काम गरिएको भए पनि यो वर्ष भने त्यस्तो नगरिकएको केन्द्रले जनाएको छ । अघिल्लो वर्ष शनिबार मात्रै करिब दुई सय जना जति घुम्न आउने गरेका थिए । घुम्न आउनेहरुले तरकारी तथा फलफूलहरु खरिद गरी लैजाने गरेको भए पनि यो वर्ष आरु तथा आरुबखडा खरिदबिक्री नभएको केन्द्रको भनाइ छ । अर्कोतर्फ यो वर्ष लगातार पानी परेकाले पनि घुम्न आउनेहरु कम भएको बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x