सोलुखुम्बुको बेनीका स्थानीयद्वारा भालु धपाउने यन्त्रको निर्माण
महेन्द्र शाही
सोलुखुम्बु, साउन ३२
सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर २ का स्थानीयले भालु धपाउने यन्त्र निर्माण गरेका छन् । किसानहरूले भालु धपाउन प्रयोग हुने उपकरण निर्माण गरी सफल परीक्षण समेत गरेको वडाध्यक्ष मिङमार शेर्पाले बताए । पहिलो चरणमा १० वटा यन्त्र निर्माण गरिएको जनाइएको छ । माथिल्लो क्षेत्रको अधिकांश क्षेत्रमा बर्खाको समयमा भालुले आतङ्क मच्चाउँदै आएको छ । गत वर्ष मात्रै भालुको आक्रमणबाट जिल्ला भरका छ जना घाइते भएका थिए । घाइतेमध्ये ४ जना सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ का व्यक्तिहरू थिए ।
उनीहरूले केही दिनअघि मात्रै डिभिजन वन कार्यालय सोलुखुम्बुमार्फत राहत रकम बुझेका छन् । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा नौ जना भालुको आक्रमणबाट घाइते भएका थिए । घरनजिकै बारीमा लगाएको खेती भालुले नष्ट गर्ने भएपछि यहाँका स्थानीय मकै पाक्ने समय रातभरि जाग्रम बस्ने गरेका छन् । घाँस काट्न गएको बेला भालुकै निसानामा पर्नेगरेका छन् । उनीहरूले बारम्बार भालु नियन्त्रण गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयसँग माग समेत गर्दै आएका छन् ।
भालुको आतङ्कले स्थानीय त्रसित भइरहेका बेला यो यन्त्रले ठूलो सहयोग गर्ने वडाध्यक्ष शेर्पाले विश्वास व्यक्त गरे । कुनै पनि जङ्गली जनवारलाई मार्न वा क्षति पु-याउन नपाइने नीति भएकाले भालु धपाउन र बाली संरक्षणका लागि उक्त उपकरण सहयोगसिद्ध हुने शेर्पाले बताए । ‘एउटा यन्त्र निर्माणको लागि करिब दुई हजार रूपैयाँ मात्र खर्च लाग्ने रहेछ,’ वडाध्यक्ष शेर्पाले भने, ‘यसको जोखिम समेत कम हुने भएकाले उपयोगी नै छ जस्तो लाग्छ ।’ डिभिजन वन कार्यालय सोलुखुम्बुले यन्त्र निमार्णका लागि कच्चापदार्थका रूपमा पाइप, कार्बोहाइडेट र लाइटर उपलब्ध गराएपछि स्थानीयले निर्माण गरेको कार्यालयका सूचना अधिकारी डम्बर भण्डारीले बताए ।
परीक्षण सफल भएमा यन्त्र निमार्णलाई प्रथामिकता दिने डिभिजन कार्यालयले जनाएको छ । वडाध्यक्ष शेर्पाले भने वडाभित्रका १०० घरधुरीलाई उक्त यन्त्र वितरण गर्ने योजना बनाइएको बताए । राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको नमुनालाई आधार बनाएर तयार गरिएको उक्त यन्त्रले बाँदर धपाउनदेखि अन्य जङ्गली जनावरलाई धपाउन समेत सहज हुने स्थानीयको भनाइ छ ।
जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, माप्यदुधकोसी, थुलुङदुधकोसी, सोताङ, महाकुलुङ र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको माथिल्लो क्षेत्र भालुको जोखिम क्षेत्र मानिन्छ । वर्षेनी भालु, दुम्सी, मृग, घोरललगायत जङ्गली जनावरले बाली नष्ट गरेपछि अधिकांश जग्गा बाँझो बन्न थालेको छ । यो यन्त्र निर्माणपछि खाद्यान्न जोगाउनका लागि सहज हुने स्थानीयको विश्वास रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया