Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचिसो बढेसँगै सुनसान बन्दै खुम्बुक्षेत्र

चिसो बढेसँगै सुनसान बन्दै खुम्बुक्षेत्र


महेन्द्र शाही
सोलुखुम्बु, पुस ८
चिसो बढ्न थालेपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटक फर्कन थालेका छन् । विश्वका सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालको आरोहण तथा मनोरम दृश्यको अवलोकन गर्न आएका विदेशी पर्यटक अत्यधिक चिसोका कारण फर्कन थालेका हुन् । पर्यटक फर्कन थालेसँगै खुम्बुक्षेत्र सुनसान देखिन थालेको लुक्लाका तोया श्रेष्ठले बताए । अहिले तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा फर्कने पर्यटकको उपस्थिति बाक्लो हुँदै गएको नागरिक उड्ड्यन कार्यालय लुक्लाले जनाएको छ ।

केही समय अघिसम्म खुम्बु क्षेत्र आउने पर्यटकको चाप हुने भए पनि अहिले पर्यटक पनि नआउने र व्यवसायी पनि खुम्बुबाट बाहिर गइसकेका छन् । सिजनमा पर्यटकको नाम दर्ता गर्न भ्याइनभ्याइ हुने सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार जोरसल्लेका कर्मचारीसमेत अहिले फुर्सदिला बनेका छन् ।

पर्यटक सूचना केन्द्रसमेत रहेको जोरसल्लेमा सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको अनिवार्य अभिलेख राख्दै उच्च हिमाली क्षेत्रमा जाँदा ध्यान दिइनु पर्नेलगायतका विषयमा जानकारी गराइन्छ । त्यस्तै, बढ्दो चिसोका कारण पर्यटक आउन छाडेपछि खुम्बुका होटल व्यवसायी जाडो छल्न काठमाडौँ तथा तराईका विभिन्न क्षेत्रमा जान थालेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले जानकारी दिए । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटल सञ्चालकले होटल मजदुरलाई घर जिम्मा लगाएर अन्यन्त्र हिँडेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x