कोरोनाको हटस्पट वीरगञ्जमा निषेधाज्ञा कडाइ गर्न सडकमा सेना परिचालन
सन्तोष पौडेल
बीरगञ्ज, भदौ १
कोरोनाको हटस्पट बन्दै गएको पर्साको वीरगञ्जमा जारी निषेधाज्ञालाई थप कडाइ गर्न सडकमा सेना परिचालन गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई स्थानीयले अवज्ञा गरेको कारण कोरोना संक्रमणमा वृद्धि भएको भन्दै स्थानीय प्रशासनले आइतबारदेखि सडकमा सेना परिचालन गरेको हो ।
यता वीरगञ्जवासीले भने स्थानीय प्रशासनको मातहतमा रहेको नेपाल प्रहरी र शसस्त्र प्रहरीले आर्थिक प्रलोभनमा परी सीमाबाट खुलारूपमा सर्वसधारणलाई आवतजावत गर्न छुट गरेपछि वीरगञ्ज कोरोनाको हटस्पट बन्न पुगेको आरोप लगाएका छन् ।
कोरोनाले जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायत सर्वसाधारण संक्रमित हुने क्रम बढिरहेको छ । त्यस्तै मृत्यु हुनेमा पनि सबैभन्दा बढी पर्साका नै रहेका छन् । पर्सामा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार दुई सय नाघिसकेको छ ।
वीरगञ्जमा नारायणी अस्पतालको मातहतमा रहेको दुईवटा अस्थायी कोभिड अस्पताल सञ्चालनमा छन् । गण्डक अस्थायी कोभिड अस्पतालमा ६९ जना उपचाररत छन् । तीमध्ये १० जना आईसीयूमा छन् । वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा एक सय तीन जना संक्रमित भर्ना भएका छन् । तीमध्ये २६ जना आईसीयूमा छन् । नारायणी अस्पतालको आइसोलेसनमा पाँच जनाको उपचार भइरहेको छ ।
यसबाहेक वीरगञ्जका होटल, धर्मशाला, विद्यालय, निजी अस्पताललगायतमा सञ्चालित सेमी–आइसोलेसनमा दुई सय ३९ जनाको उपचार भइरहेको छ । तीन सय ७४ जना संक्रमित भने होम आइसोलेसनमा छन् । संक्रमितमध्ये ८० प्रतिशत लक्षणसहितका बिरामी छन् । आईसीयूमा राखिएका बिरामीको अवस्था त्यति धेरै जटिल नरहेको बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया