Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध४० शय्याको सामुदायिक आइसोलेसन केन्द्र

४० शय्याको सामुदायिक आइसोलेसन केन्द्र


बीरगञ्ज, भदौ ७
पछिल्लो समय पर्सा जिल्ला कोरोना (कोभिड–१९) को हटस्पट बनेको छ । कोरोनाको फैलावट र स्वरूप हेर्दा तत्कालै पर्सामा कोरोना संक्रमण दर घट्ने अवस्था छैन । देशैभरका अस्पतालहरूमा आइसोलेसन कक्षको अभाव हुँदा नेपाल सरकारले कोरोना संक्रमितका लागि होम आइसोलेसनको नीति अख्तियार गरेको छ । कोरोना संक्रमितलाई परामर्श र उपचार सेवासहितको आइसोलेसनको व्यवस्था गर्न समुदायमा आधारित सामाजिक संस्था सानो पाइलाले सुविधायुक्त आइसोलेसन केन्द्रको सेवा विस्तार गरिरहेको छ ।

सानो पाइलाले सीसीएमसी र पर्सा जिल्लास्तरीय डीसीएमसीसँगको सहकार्य र समन्वयमा वीरगञ्जमा अर्को सामुदायिक आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । वीरगन्ज महानगरपालिका वडा नं २५ स्थित होटेल वाटिका इन्टरनेशनलमा संस्थाले ४० शय्याको (४० जना संक्रमितलाई सेवा दिन सकिने) आइसोलेसन केन्द्र सुरुवात गरेको हो ।

संविधानसभाका सदस्य एवम् प्रतिष्ठित उद्योगी अनिल रूङ्गटा, प्रदेश २ सभा सदस्य डा. अन्जु कुमारी यादव, बूढानीलकण्ठ स्कूल पूर्वविद्यार्थी समाज, सहायता नेपाल, अमेरिका–नेपाल मेडिकल फाउन्डेसन, राष्ट्रिय आविष्कार केन्द्र र क्रिएसन नेपालसँगको सहकार्यमा सामुदायिक आइसोलेसन केन्द्र सञ्चालन गरिएको हो ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डअनुसार यो आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले जानकारी दिए । उनले भने, ‘हामीले सरकारको स्वास्थ्य मापदण्डअनुसार नै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका हौँ । जहाँ डब्ल्यूएचओले तय गरेको मापदण्डको पालना गर्दै संक्रमितहरुलाई खाने, बस्ने व्यवस्था मिलाएका त छौँ नै, साथसाथै आधारभूत चिकित्सकीय परामर्श तथा उपचार सेवाको पनि प्रबन्ध मिलाएका छौँ ।’

सानो पाइलाले कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेयता निःशुल्क भोजन, स्वास्थ्य सामग्री वितरण, एकीकृत हेल्प डेस्कसहित कोभिड–१९ का संक्रमितहरुलाई प्रदेश २ मा पौष्टिक भोजन खुवाउनेलगायत विभिन्न कार्यक्रम गर्दै आएको छ । सानो पाइलाका यी सबैलगायत कोभिड–१९ लक्षित कार्यक्रमहरु समुदायको स्वस्फुर्त सहयोगमा सञ्चालन भइरहेका हुन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x