महेन्द्र शाही
खोटाङ, भदौ ८
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले टोल–टोलमा शिक्षक खटाएर सञ्चालन गरिरहेको पठनपाठन स्थगन गरेको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेको भन्दै गाउँपालिकाले अनिश्चितकालका लागि पठनपाठन स्थगन गरेको हो । नेपाल सरकारले लकडाउन खुला गरेकै दिन साउन ७ गतेदेखि गाउँपालिकाले अध्यापन कार्य सुरु गरेको थियो ।
गाउँपालिकाले ‘गाउँटोल बस्ती सिकाइ सहजीकरण अभियान’ नाम दिएर पठानपाठन सुरु गरेको थियो । साउन ७ गतेदेखि सुरु भएको पठन पाठन अघिल्लो हप्ताबाट स्थगन भएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक मणिकुमार गिरीले जानकारी दिए ।
गाउँपालिका समितिको बैठकले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि पठनपाठन स्थगन गर्ने निर्णय गरेको शिक्षा शाखा संयोजक गिरीले बताए । कोरोना भाइरसको प्रकोप यथावत रहेकाले शैक्षिक क्षेत्रमा ठूलो असर पुगेकाले गाउँपालिकाभरिका ४८ वटा विद्यालयका ५ हजार ५ सय १२ जना विधार्थीलाई १ सय ५१ वटा केन्द्र बनाई सामाजिक दूरी कायम गरी पठनपाठन गराइरहेको थियो ।
गाउँपालिकाले हालसम्म ७२ जनाको पीसीआर परीक्षण गरेको छ । जसमा १ जनामा कोरोना संक्रमण देखिएको छ । एक जनामा कोरोना संक्रमण देखिएकाले पनि थप सतर्कता अपनाउनुपर्ने भएकाले पठनपाठन स्थगन गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । पहिलो प्राथमिकता मानिस जोगाउनु भएकाले यस्तो निर्णय गरिएको अध्यक्ष राईको भनाइ छ ।
करिब १ महिना पठनपाठन भएको भए पनि तत्काल स्थगन गरिएको अवस्थामा सुधार आएको खण्डमा पुनः पठनपाठन सुरु गरिने गाउँपालिकाले जनाएको छ । अहिले कोरोनाका कारण देशभरका सबै क्षेत्र बन्दजस्तै अवस्थामा रहेका छन् । कोरोनाको कारण शैक्षिक सत्र नै खेर जाने पो हो कि भन्ने शंका समेत गरिएको छ । तर सरकाले जारी शैक्षिक सत्र खेर जान नदिने बताउँदै आएको छ ।
सरकारले भदौ १५ देखि पठन पाठन गराउने जनाएको भए पनि पछिल्लो सयम कोरोनाको महामारी थप बढेकाले सरकारले तत्काल पठनपाठन नगर्न आग्रह गरिरहेको छ । पछिल्लो समय विज्ञहरूले अर्को महिनापछि कोरोनाको महामारी कम हुने बताएकाले दशैँअघि पढाइ हुने अवस्था अत्यन्तै कम रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया