अलपत्र कालीगण्डकी करिडोरको फलेबास–अर्मादी खण्डको ट्र्याक ओपन सुरु
पर्वत, भदौ ९
जिल्लाको ‘लाइफलाइन’ कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबासदेखि अर्मादीसम्म अलपत्र रहेको ट्र्याक ओपन भदौ महिनाभित्रै सकिने भएको छ । दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडकको काम भदौसम्म सक्ने गरी सुरु भएको हो । सडक निर्माणको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले भदौभित्रै सडकको ट्र्याक ओपन सक्ने गरी काम सुरु गरेको कालीगण्डकी करिडोर गाईघाट–मालढुङ्गा आयोजना कार्यालयले जानकारी दिएको छ ।
करिडोरको फलेबास नगरपालिकाको ढिकदेखि कुस्मा नगरपालिकाको अर्मादीसम्म १४ किमी सडकमध्ये झण्डै २०० मिटर मात्रै भीरमा ट्र्याक ओपनको काम बाँकी छ । अर्मादी–फलेबास खण्डमा मोदीवेणीघाट नजिक १५० मिटर र मोदीखोलाको पुलपारि फलेवासतर्फ झण्डै ५० मिटर मात्रै ट्र्याक खोल्न बाँकी छ । ‘भदौ महिनाभित्रै ट्र्याक खोलिसक्ने गरी मोदीवारि र पारिबाट काम सुरु गरेका छौँ’, निर्माण कम्पनीका प्रतिनिधि दीपक रैसवालले भने ।
विसं २०७५ जेठ २१ मा सम्पन्न गर्नेगरी विसं २०७३ असार २२ मा सम्झौता भएको उक्त खण्ड लामो समयसम्म अलपत्र बनेको थियो । पछिल्लो समय कोभिड–१९ का कारण आगामी पुससम्म म्याद थप गरिएको छ । रैसवालका अनुसार अहिले ट्र्याक खोल्ने कुरालाई पहिलो प्राथमिकता दिइएको छ । त्यसपछि अन्य काम हुनेछ । करिडोरको पर्वतदेखि स्याङ्जाको मिर्मी खण्डमा लामो समयदेखि काम अलपत्र थियो ।
करिडोर कार्यालयका साइट इन्चार्ज इन्जिनियर अर्जुन नेपालीका अनुसार पर्वतको अर्मादीदेखि स्याङ्जाको सेतीवेणीसम्मको ५३ किमीमध्ये मिर्मीदेखि सेतीवेणीसम्मको सात किलोमिटरमा सडक कालोपत्रेको टेण्डर भइसकेको छ भने सेतीवेणीदेखि रानीपानीसम्मको सात किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ । रानीपानीदेखि फलेबाससम्मको २२ किमीमा स्तरोन्नतिको काम सकिएको छ भने छिट्टै कालोपत्रेका लागि टेण्डर आह्वान हुने अवस्था छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल, प्रतिनिधिसभा सदस्य पदम गिरी र गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आफ्ना ठाउँबाट यो सडकखण्डको स्तरोन्नति तथा बजेट विनियोजनका लागि पहल गर्दै आएका छन् । पछिल्लो समय पर्वतको फलेबास–अर्मादी खण्डको अलपत्र काम सुरु गर्न गण्डकी प्रदेशका मन्त्री लम्सालको विशेष पहलपछि काम थालिएको छ ।
पाल्पास्थित करिडोर कार्यालयका नरेन्द्र सुवेदी र अर्जुन नेपालीको सक्रियताले पनि कामलाई समयमा सम्पन्न गर्न सहयोग पुगेको स्थानीयवासीले बताएका छन । पाल्पास्थित करिडोर कार्यालयका प्रमुख सुवेदीका अनुसार सडकको ट्र्याक खुलेपछि पर्वतको मालढुङ्गादेखि स्याङ्जाको मिर्मीसम्म ५३ किलोमिटरमा सोझै यातायात चल्नका लागि मार्गप्रशस्त हुनेछ ।
चालु आर्थिक वर्षभित्र मोदी, लमाय, सेती र आँधीखोलाका निर्माणाधीन पुल सम्पन्न गरी अर्मादीदेखि मिर्मीसम्म सोझै यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ । ‘कोभिड १९ को नकारात्मक प्रभाव परेन भने यो वर्षभित्र अर्मादीदेखि मिर्मीसम्म सोझै यातायात चलाउन सक्छौँ’, आयोजना प्रमुख सुवेदीले भने, ‘यो खण्डमा सडक स्तरोन्नतिको काम पनि सम्पन्न गर्ने योजनासहित अघि बढेका छौँ ।’
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया