जनकपुरधाम, भदौ १०
उच्च आदालत जनकपुर तथा जिल्ला आदालत धनुषा भदौ १५ गतेसम्म बन्द हुने भएका छन् । अदालतका न्यायाधिशमा कोरोना संक्रमण देखिएपछि बन्द रहेको अदालत भदौ १५ गतेसम्मको लागि बन्द भएको हो । कोरोना महामारीको संक्रमण बढ्दै गएपछि उच्च अदालत जनकपुर तथा जिल्ला अदालत धनुषा र महोत्तरीका अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय भएको छ ।
केही साताअघि मात्रै उच्च अदालत जनकपुरका एक न्यायाधिश र सरकारी वकिलको कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको थियो । उच्च अदालत जनकपुर, सरकारी वकिलको कार्यालय, जिल्ला अदालत धनुषा, जिल्ला अदालत महोत्तरीका पदाधिकारीहरूबीच भएको बैठकबाट कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतको कामकारबाही बन्द गर्ने निर्णय गरिएको छ । सो अवधिमा उच्च अदालत जनकपुर र जिल्ला अदालत महोत्तरीको हकमा थुनछेक, बन्दी प्रत्यक्षीकरण, बालबालिकाको हकमा पर्ने निवेदन, महामारीसम्बन्धी निवेदन दर्ता तथा सुनुवाइ भने जारी रहने जनाइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया