क्लोथ बैंकद्वारा थप १० सिलिन्डर हस्तान्तरण
बटुकनाथ झा
जनकपुरधाम, भदौ १०
क्लोथ बैंक धनुषाले थप १० वटा अक्सिजन सिलिन्डर जिल्ला प्रशासन कार्यालय धनुषालाई हस्तान्तरण गरेको छ । काठमाण्डौंकोे किर्तीपुर–१ स्थित स्टेप टु इलिमिनेट पोभर्टी नामक संस्थाले सानो साइजको सो १० थान अक्सिजन सिलिन्डर बैंकको अभियानलाई सहयोग गरेको हो ।
लुगा आवश्यकता भएका गरिब विपन्नहरुका लागि लुगाको व्यवस्था गर्दै आएको बैंकले कोभिड १९ महामारीका बेला अस्पतालमा बेडको अभावमा होम आइसोलेसनमा रहेकाहरुलाई निःशुल्क चिकित्सकीय परामर्श र आवश्यक रहेकालाई निःशुल्क अक्सिजन सिलिन्डरको समेत व्यवस्था गरिरहेको छ । सोही कार्यक्रमअनुरुप बैंकले धनुषामा मंगलबार थप १० गरी कुल २२ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकेको छ । चिकित्सकको निगरानी र परामर्शमा रहेका संक्रमितलाई चिकित्सककै सिफारिसमा जिल्ला प्रशासन कार्यालय धनुषाले सो अक्सिजन सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
यसअघि बैंकले पहिलो चरणमा १२ अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको थियो । बैंकका अध्यक्ष राजिव झाका अनुसार अहिलेसम्म दाताहरुवाट कुल ६० वटा सिलिन्डरको प्रतिबद्धता आइसकेकोमा २२ वटा प्राप्त भइसकेको छ । धनुषाबाट सुरु भएको अभियानमा प्रदेश २ का आठवटै जिल्लाका संक्रमितहरु लाभान्वित भएका छन् ।
अभियानको सूचनाहरु हेरेपछि अहिलेसम्म पर्साका १८, सर्लाहीका चार, महोत्तरीका दुई, सिरहाका दुई र सप्तरीका दुई जना संक्रमित चिकित्सकहरुको सम्पर्कमा रही परामर्श लिइरहेका छन् । त्यसैगरी धनुषाका कुल ३० जना संक्रमितहरु परामर्श लिइरहेको बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
- अर्गानिक र नेपाली मौलिक परिकार पाइने पलाँसेको दाउरा चुलो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया