सुबास बस्नेत
दोलखा, भदौ १०
जिल्लामा पछिल्लो समय समुदायस्तरमा कोरोना भाइरसको उच्च जोखिम देखिएको छ । दोलखामा एक महिनाको अवधिमा दुई दर्जन मानिसमा कोरोना संक्रमण देखिएको छ । मंगलबार जिल्लाको बिगु गाउँपालिकामा थप दुई जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार बिगु गाउँपालिकाबाट कोरोना परीक्षणका लागि पठाएको २४ जनाको स्वाबमध्ये दुई जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । संक्रमित गौरीशंकर गाउँपालिकाभित्रका स्थानीय बोलेरो चालक र सप्तरी जिल्ला ठेगाना भएका स्थानीय विद्यालयमा कार्यरत शिक्षक रहेका छन् ।
योसँगै जिल्ला कोरोना संक्रमितको संख्या २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए । त्यस्तै जिल्लामा कोरोना निको हुनेको संख्या पाँच पुगेको छ । दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको दोलखा जिल्लामा हालसम्म चारवटा स्थानीयतहमा कोरोना संक्रमण भेटिएको छ ।
जिल्लाको भीमेश्वर नगरपालिका, गौरीशंकर गाउँपालिका, बिगु गाउँपालिका र कालिञ्चोक गाउँपालिकामा कोरोना संक्रमण देखिएको हो । सबैभन्दा बढी जिल्लाको गौरीशंकर गाउँपालिकाभित्रका मानिसमा कोरोना संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । गौरीशंकर गाउँपालिकामा मंगलबारसम्म १४ जना मानिसलाई कोरोना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्यांकअनुसार जिल्लामा हालसम्म एक हजार ४६ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये २४ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
- अर्गानिक र नेपाली मौलिक परिकार पाइने पलाँसेको दाउरा चुलो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया