कोरोनाबाट प्रदेश २ मा थप सात जनाको मृत्यु
बटुकनाथ झा
जनकपुरधाम, भदौ १४
कोरोना संक्रमणबाट प्रदेश २ मा थप सात जनाको मृत्यु भएको छ । शनिबार पर्सामा तीन जना, महोत्तरी र सिरहामा दुई/दुई जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए । यसभन्दा पहिले शुक्रबार पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १२ मुरलीको ४८ वर्षीय पुरुष, मनियारी २२ पर्साका ३७ वर्षीय पुरुष र वीरगञ्ज १२ को ६५ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै महोत्तरीको भंगहा नगगरपालिका वडा नं. १ का ३५ वर्षीय पुरुष र पिपरा गाउँपालिका वडा नं. ७ को ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ का ५५ वर्षीय पुरुष र लहान नगरपालिका वडा नं. १८ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ । कोरोनाबाट पर्सामा ३३, बारामा १३, धनुषामा १२, महोत्तरीमा आठ, सिरहामा सात, सप्तरीमा पाँच, रौतहट र सर्लाहीमा तीन/तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया