Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो


बटुकनाथ झा
जनकपुरधाम, भदौ १५
प्रदेश नम्बर दुईमा आइतबार थप २ सय २७ जनामा कोरोना संक्रमण देखिएसँगै यस प्रदेशमा संक्रमितको संख्या १० हजार २२ पुगेको छ । सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार पछिल्लो २४ घण्टामा ५६ महिला र १ सय ७१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी धनुषामा ७१ जनामा कोराना संक्रमण देखिएको छ । यस्तै पर्सामा ४९ जना, सर्लाहीमा ३५ जना, बारामा ३० जना, महोत्तरीमा ३५ जना, सिरहामा २ जना, सप्तरीमा ४ जना र रौतहटमा १ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये मुख्यमन्त्री कार्यालयका समेत १ जना रहेका छन् । यस्तै स्वास्थ्यकर्मी, प्रहरी, बैंक कर्मचारी, सरसफाइ कर्मचारीहरू समेत संक्रमित भएका छन् । प्रदेश २ मा कैयौँ स्वास्थ्यकर्मीमा समेत कोरोना पुष्टि भएपछि उपचार सेवा नै प्रभावित बनेको छ । कतिपय चिकित्सक समेत कोरोनाबाट डराइरहेका छन् ।

धनुषा जिल्लामा भदौ २१ गतेसम्म लकडाउन : धनुषा जिल्लामा जारी लकडाउनलाई बढाएर भदौ २१ गतेसम्मको लागि थप गरिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आइतबार सूचना जारी गर्दै लकडाउनलाई भदौ २१ सम्म बढाएको जानकारी दिएका छन् । कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि भदौ २१ गते राति १२ बजेसम्मको जिल्लाभरि लकडाउन जारी गरिएको जनाइएको छ । यसअघि भदौ सात गतेसम्मको लकडाउनलाई थप गरी भदौ १४ गतेसम्मको पु-याइएको थियो ।

विगत केही दिनदेखि धनुषा जिल्लामा प्रायः हरेक दिन एक जनाको कोरोनाका कारण मृत्यु हुनेगरेको छ भने दैनिक दर्जनौँ संक्रिमित भइरहेका छन् । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको जारी जिल्ला प्रशासनबाट जारी सूचनामा उल्लेख गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x