महेन्द्र शाही
सोलुखुम्ब, भदौ १७
विश्वव्यापी रूपमा फैलिएको कोरोना भइरसको कारण राष्ट्रिय गौरवको आयोजना सोलु करिडोरको काम ठप्प भएको छ । नेपालमा चैत्र ११ गतेदेखि लकडाउन गरे पनि थोरै कामदारबाट काम भइरहेको भए पनि अहिले काम ठप्प रहेको आजोजनाले जनाएको छ । विगतका दिनहरूमा थोरै कामदारमार्फत काम भइरहेको भए पनि एक महिनादेखि काम नै रोकिएको आयोजनाका प्रमुख जनार्दन गौतमले जानकारी दिए । पछिल्लो समय भारतबाट ओखलढुङ्गा ल्याइएका १५ जना कामदारमा कोरोना पोजेटिभ देखिएपछि आयोजनाको काम रोकिएको उनको भनाइ छ । अहिले कामदार ल्याउन समेत समस्या भएको उनको भनाइ छ ।
तत्कालका लागि सोलुखुम्बु क्षेत्रका ५ वटा टावरको फाउण्डेसनबाहेकका अन्य काम रोकिएको उनले बताए । अहिले नेपालमा पनि कोरोनाको प्रकोप बढिरहेकाले स्वदेशी कामदार ल्याउन पनि समस्या भएको प्रमुख गौतमको भनाइ छ । कामदारको व्यवस्था गर्नका लागि ठेकेदारले ताकेता गरे पनि कामदार उपलब्ध गराउन नसकेको उनको भनाइ छ । अहिलेसम्म आयोजनाको ३ सय २ वटामध्ये २ सय ८१ वटा टावरको फाउण्डेसनको काम सकिएको गौतमले जानकारी दिए । बाँकी रहेका २१ वटा टावरमध्ये ५ वटामा काम भए पनि अन्यमा काम ठप्प रहेको छ ।
त्यस्तै आयोजनाले सिराहको मिर्चयादेखि सोलुखुम्बुको तिङ्ला लाम्ममानेसम्मको ९० किलोमिटरमध्ये ४५ किलोमिटर तार तानिसकिएको छ । तार तान्ने काम पनि लकडाउन हुनुभन्दा पहिले नै भएको थियो । अहिले लकडाउन हटाइएको भए पनि कोरोनाको महामारीका कारण देशका विभिन्न स्थानमा निशेधाज्ञा जारी गरिएको छ । जसले गर्दा एक ठाउँबाट अर्को ठाउँमा जानमा रोक लगाइएको छ ।
अहिले आयोजनाको समय थपका लागि समेत फाइल नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङसमक्ष पेस गरिएको समेत गौतमले बताए । आयोजनाका तर्फबाट अहिले डिसेम्बर ३१ अर्थात् पुष १६ गतेसम्मको समय माग गरेर फाइल पठाइएको छ । डिसेम्बरसम्मको लागि समय मागिएको भए पनि काम सम्पन्न हुने सम्भावना अत्यन्त्यै कम रहेको उनको भनाइ छ । अहिले नै तत्काल काम हुने सम्भावना कम रहेको र लगत्तै चाडपर्व सुरु हुने भएकाले पनि काम प्रभावित हुने उनको भनाइ छ । यो आयोजना सन २०१६ सेप्टेम्बर २५ देखि सुरु भएको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया