सिन्धुपाल्चोक लिदीका पहिरोपीडितलाई एनआरएनएको आर्थिक सहयोग
काठमाडौं, भदौ १८
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरोपीडितलार्ई ५ लाख आर्थिक सहयोग गरेको छ । पहिरोपीडितहरूको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बीच संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।
उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्तरूपमा सहयोग हस्तान्तरण गरेका हुन् । सो अवसरमा संघका उपाध्यक्ष सोनाम लामाले वर्तमान कोभिड –१९ को विषम परिस्थितिमा विश्वभर बस्ने गैरआवासीय नेपाली पनि प्रभावित भएको बताउँदै अहिलेलाई थोरै राहत लिएर भावना साट्टासाट्टा गर्न मात्र आएको बताए ।
उपाध्यक्ष लामाले आगामी दिनमा वर्तमान कोभिड –१९ को परिस्थिति सहज भएपछि सरकारसँग समन्वय गरेर जाने बताए । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले गैरआवासीय नेपाली संघलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा ठोस योजना बनाएर सहकार्य गरी अगाडि बढ्न तयार रहेको बताए ।
सो कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्वअध्यक्ष श्याम तामाङ, जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ र पीडितहरूको सहभागिता थियो । जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पूर्णरूपमा क्षति पु-याउँदा १ सय ५६ भन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया