धनुषामा ५८ सहित प्रदेश २ मा थपिए २ सय ५० जना कोरोना संक्रमित
बटुकनाथ झा
जनकपुरधाम, भदौ १८
प्रदेश २ मा पछिल्लो २४ घण्टामा २ सय ५० जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी धनुषामा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरी बारा जिल्लामा ५२ जना, सर्लाहीमा ५१ जना, महोत्तरीमा २९ जना, रौतहटमा १८ जना, सिरहामा १३ जना, पर्सामा १४ जना र सप्तरीमा १५ जना संक्रमित फेला परेको मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले जानकारी दिए । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार ५ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेश मा ३ महिलासहित ८३ जना संक्रमित कोरोनामुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : नेपाल, बिबिध
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया