Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रदेश नं. २ मा कोरोनाको कारण मृत्यु हुनेको संख्या सय पुग्यो

प्रदेश नं. २ मा कोरोनाको कारण मृत्यु हुनेको संख्या सय पुग्यो


बटुकनाथ झा
जनकपुरधाम, भदौ २१
कोरोना संक्रमणबाट प्रदेश २ मा एक सय जनाको मृत्यु भएको छ । शनिबार पर्सा जिल्लामा दुई जनाको मृत्यु भएसँगै यस प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेको संख्या एक सय पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

कोरोनाका कारण शनिबार पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिका वडा नं. २ का ७५ वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगरका ७७ वर्षीय पुरुषको मृत्यु भएको झाले बताए । देशभर दुई सय ८० जनाको मृत्यु भएकोमा प्रदेश २ मा मात्र एक सय जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश बढी उमेर र दीर्घ रोगी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ३८ जनाको मृत्यु भएको छ । त्यस्तै बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सिरहा र सप्तरीमा आठ/आठ, रौतहटमा पाँच, सर्लाहीमा तीन र एक भारतीय नागरिकको धनुषामै कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रदेश २ मा हालसम्म कुल एक लाख चार हजार ५८ जनाको स्वाब संकलन गरिएकोमा ११ हजार ६१ जनाको रिपोर्ट पोजेटिभ, ८८ हजार दुई सय ५२ जनाको नेगेटिभ, एक सय जनाको मृत्यु र चार हजार सात सय ४५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x