बालबालिका संरक्षणका लागि ‘एकीकृत बाल संरक्षण’ नीति ल्याइने
काठमाडौं, भदौ २३
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनाथ बालबालिकाहरुको संरक्षणका लागि ‘एकीकृत बाल संरक्षण’ नीति ल्याउने बताएका छन् । सोमबार काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन, केन्द्रीय कार्यालयको अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले अनाथ तथा असहाय बालबालिकाहरुको संरक्षण सरकारको प्रत्यक्ष निगरानीमा हुने गरी सो नीति ल्याउने योजना तय गरिएको बताए ।
उनले बाल संरक्षणको कामलाई सरकारले राष्ट्रिय गौरवकै आयोजनाको रुपमा अघि बढाउन लागेको पनि बताए । ‘बालबालिकाहरुको संरक्षणको नाममा धेरै बालगृहहरु खुले पनि त्यसले उचित संरक्षण दिन सकेको देखिँदैन’, मन्त्री गुरुङले भने, ‘त्यसैले सरकारले ती सबै बालगृहहरुलाई आफ्नो मातहतमा ल्याई उचित संरक्षणको व्यवस्था गर्न ‘एकीकृत बाल संरक्षण नीति’ ल्याउनैपर्ने भएको हो ।’ मन्त्री गुरुङले नेपाल बाल संगठनको स्वामित्वमा रहेका चल/अचल सम्पत्तिको अभिलेख राखि त्यसको दुरुपयोग हुन नदिन पनि संगठनका पदाधिकारीलाई समेत निर्देशन दिए ।
संगठनको चल/अचल सम्पत्तिको चरम दुरुपयोग भएको अभियोग लागेपछि संगठनको केन्द्रीय कार्यसमिति विघटन गरी विद्या उपाध्याय न्यौपानेको अध्यक्षमा नयाँ तदर्थ समिति गठन गरिएको छ । मन्त्री गुरुङले बाल गृहहरुको सुधारका लागि पनि संगठनको पुरानो कार्यसमिति विघटन गर्नुपरेको बताए । यसैबीच, मन्त्री गुरुङले नेपाल बाल संगठनको नक्सालस्थित केन्द्रीय कार्यालयमा कोरोना महामारीबाट बचाउनका लागि ‘होम क्वारेन्टाइन’को व्यवस्था गर्ने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया