Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलुक्ला विमानस्थलमा पाँच दिनदेखि कार्गो ढुवानी अवरुद्ध

लुक्ला विमानस्थलमा पाँच दिनदेखि कार्गो ढुवानी अवरुद्ध


महेन्द्र शाही
सोलुखुम्बु, भदौ २४
सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिकामा रहेको तेन्जिङ हिलारी विमानस्थलमा पाँच दिनदेखि उडान प्रभावित भएको छ । निरन्तर रुपमा परिरहेको पानी तथा हुस्सुका कारण खुम्बु क्षेत्रको मौसम खराबी भएकाले उडान प्रभावित बनेको हो । केही दिन अघिसम्म बिहान १० बजेसम्म मौसम खुल्ने भए पनि अहिले दिनभरि नै मौसम धुम्म हुने गरेको बताइएको छ ।

निरन्तरको वर्षा र हुस्सुले उडान हुन नसकेको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दाहालले जानकारी दिए । मौसम प्रतिकूलताका कारण खुम्बु क्षेत्रमा हुँदै आएको कार्गो ढुवानी हुन नसकेको दाहालको भनाइ छ । अघिल्लो वर्षहरुमा दैनिक कम्तीमा ६० वटासम्म उडान हुने यो विमानस्थलमा अहिले भने दैनिक ४–५ वटा कार्गो ढुवानी मात्र हुने गरेको छ ।

अघिल्ला वर्षहरुमा दैनिक करिब एक हजारको हाराहारीमा आउने यात्रु अहिले शून्य रहेका छन । अहिले लुक्ला विमानस्थमा रामेछापको मन्थली र जिल्लाको फाप्लु विमानस्थलबाट कार्गो ढुवानी हुने गरेको छ । दैनिक रुपमा पाँच/छ वटा विमानले कार्गो ढुवानी गर्ने गरेका थिए । त्यो पनि रोकिएको दाहालको भनाइ छ ।

यसैगरी कोरोनाको प्रभावले खुम्बु क्षेत्रका होटल पसलहरु पनि अहिले सुनसान रहेको व्यापारीको भनाइ छ । यो वर्षको मुख्य सिजनमा समेत खुम्बु क्षेत्र सुनसान हुनपुगेको हो । लुक्लामा यो वर्ष व्यापार शून्य रहेको स्थानीय खगिन्द्रराज बास्तोलाले बताए । गाउँपालिकाको राजस्वमा समेत गिरावट आउने देखिएको छ । गाउँपालिकाले पनि पर्यटकबाट शुल्क लिने गरेको थियो । साथै समग्र देशलाई पनि राजस्व संकलनमा धक्का पुग्ने देखिएको छ । खुम्बु क्षेत्रको भ्रमण गर्ने तथा सगरमाथालगायत हिमाल आरोहणका लागि सरकाले राजस्व संकलन गर्ने गरेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x