सुगम जिल्लाको दुर्गम बस्ती खल्ला मसेट्टी
धन बहादुर जप्रेल
कञ्चनपुर, भदौ २५
कञ्चनपुरको उत्तर पश्चिम क्षेत्र, सदरमुकाम महेन्द्रनगरबाट करिब २० किलो मिटर टाढा पहाडी क्षेत्र, उपत्यकाजस्तै लाग्ने रमाइलो ठाउँ हो खल्ला मसेट्टी । भीमदत्त नगरपालिकाको ९ नम्बर वडामा पर्ने गाउँहरु हुन् खल्ला, मसेट्टी, मटेना, टुँडिखेल । महेन्द्रनगरबाट रातिको समयमा हे-यो भने बत्ती बलिरहेको गाडी आवतजावत गरेको देखिन्छ । देख्दा पहाडी ठाउँ गर्मी बेला चिसो हावा खान गइहालुँ कि जस्तो नि महसुस हुन्छ । त्यहाँ पुग्न ब्रह्मदेवसम्म बाटो पक्की छ । ब्रह्मदेव कटेपछि महाकाली नदी किनारबाट सुरु हुन्छ खल्ला मसेट्टी जाने कष्टकर कच्ची बाटो । उक्त बाटो पनि ठाउँ–ठाउँमा पहिरोले भत्काइदिएको छ ।
महाकाली किनारको बाटो, हिँड्दा रमाइलो र शीतल महसुस हुन्छ, तल नदी छ माथि जंगल । पारि भारतीय क्षेत्र छ, जहाँ हरियाली र रातको समयमा बत्तीको झिलिमिली छ । तर यता नेपालमा भने बत्ती त के बत्तीको लाइन पनि बल्ल–बल्ल बनाइरहेको देखिन्छ । त्यो पनि, तार र पोल राम्रोसँग राखिएका छैनन् । नदी किनारको खोलाले बगाएको सानो बाटोबाट खल्ला मसेट्टीबासीहरुले ब्रह्मदेवबाट पिठ्युँमा बोकेर आवश्यक सामानहरु लाने गरेका छन् । गाउँमा पुग्ने बाटो सहज छैन भएका बाटोहरु पनि उही वर्षे खोलाले बनाएका बगर हुन् । तीनै खोलाका बगरहरुमा केही स्थानीयले बाइक कुदाउने गरेका छन् ।
खल्ला मसेट्टी नेपाल टेलिकमको नेटवर्क अहिलेसम्म पुगेको छैन । यहाँका स्थानीयहरुले नेपालका दूरसञ्चार प्रदायकको नेटवर्क नटिप्ने भएपछि भारतीय नेटवर्क प्रयोग गर्ने गरेका छन् । खल्ला मसेट्टीक्षेत्रलाई न त नेताले देखेको छ न त विकासले देखेको छ । स्थानीयहरु वर्षायाममा त महेन्द्रनगर र ब्रह्मदेवसँग सम्पर्कविहीन नै हुने गरेका छन् । तर पनि गाउँका खेतबारीहरु हरियाली छन् । स्थानीयहरुले तरकारी, फलफूल उत्पादन गर्ने गरेका छन् तर सडक नहुँदा बजारीकरण हुनसकेको छैन । खल्ला मसेट्टी, टुँडिखेल क्षेत्रका बासिन्दाको जनजीवन साह्रै कष्टकर छ ।
सरकारी विद्यालयमा लथालिङ्ग छ, विद्यालयको खेल मैदानभरि रुख र ढुङ्गाले भरिएको छ । यस क्षेत्रमा पछिल्लो समयमा जनप्रतिनिधि आएपछि खासै अवस्थामा परिवर्तन ल्याउन नसकेको स्थानीयहरु बताउँछन् । खल्ला मसेट्टीक्षेत्रमा पक्की बाटो बन्ला र गाडी गुड्ला भन्ने आशा मरिसकेको स्थानीय बताउँछन् । नेताहरु पनि बेला–बेलामा पुग्छन् र मिठा भाषण गरेर फर्किन्छन् । यहाँका स्थिति जस्ताको तस्तै छ । महाकाली पारि भारतीय क्षेत्र हराभरा सुविधासम्पन्न, झिलिमिली देखिनु, वारि नेपाली भूभाग अन्धकारमा रहनु, टेलिफोन पनि नलाग्नु, केवल नागरिकता र प्रमाणपत्र मात्रै नेपाली बोक्नु परेको आभास स्थानीयले गरेका छन् ।
गाउँमा गतिलो स्वास्थ्यचौकी पनि छैन, सुत्केरी व्यथा लाग्दा पनि ब्रह्मदेवसम्म स्ट्रेचरमा राखेर बोकेर महेन्द्रनगर ल्याउनुपर्छ । पारि भारत जान पनि कि त नाउमा तर्नुपर्छ कि त ब्रह्मदेव पुगेर पुलबाट जानुुपर्छ । खल्लाका विद्यार्थीहरु क्याम्पस पढ्नका लागि महेन्द्रनगर आउने गरेका छन् । महेन्द्रनगर आउँदा र जाँदा बाटोमा साइकलले मान्छे बोक्दैन, उल्टो काँधमा हालेर साइकल बोक्नुपर्छ । बाइक हुनेले जसोतसो गुडाउँछन्, त्यो पनि खाल्डाखुल्डी, ढुङ्गैढुङ्गा, पहिरोले भरिए खोलानालाको बाटो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया