Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसीमान्तकृत परिवारका छ बुहारीलाई हातेकल

सीमान्तकृत परिवारका छ बुहारीलाई हातेकल


सप्तरी, भदौ २६
बन्दाबन्दी र निषेधाज्ञाले समस्यामा परेका सीमान्तकृत परिवारका छ बुहारीले आयआर्जनका लागि सिलाइकटाइ यन्त्र प्राप्त गरेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि लागू गरिएको बन्दाबन्दी र निषेधाज्ञाका बेला व्यवसाय सुरुवात गर्न माग गरिएबमोजिम सो यन्त्र दिइएको राजविराज नगरपालिका– ७ की आशादेवी रामले बताइन् ।

सहज परियोजनाको परिवार केन्द्रित पद्धतिअन्तर्गत आयआर्जनका लागि व्यवसाय सुरुवात गराउने उद्देश्यले राजविराज – ६ का चार तथा बोदे बर्साइन नगरपालिका– ५ र तिलाठी कोइलाडी गाउँपालिका–५ बर्साइनका एक परिवारलाई हातेकलका पूरै सामग्री प्रदान गरिएको राजविराज –७ की रेणुकुमारी रामले बताइन् । आयआर्जन क्रियाकलाप र आर्थिक रुपान्तरणसम्बन्धी ११ हप्ते तालिममा सहभागी परिवारका बुहारीहरुको नेतृत्वमा व्यवसाय सुरुवात गर्न लागिएको जानकारी दिँदै समग्र उत्थान केन्द्रका कार्यक्रम अधिकृत रामभरोसी महतोले अन्य बुहारीलाई पनि माग भएअनुसारको व्यवसाय सुरुवात गर्न क्रमशः बीउपुँजी प्रदान गरिने बताइन् ।

युके एडको आर्थिक सहयोगमा भीएसओ नेपाल र इन्टरनेशनल एलर्टको साझेदारीमा बीउपुँजी प्रदान गर्न लागिएको जनाइएको छ । प्रदेश नं २ का पाँच जिल्लामा सहज परियोजनाको परिवार केन्द्रित पद्धतिअन्तर्गत कार्यक्रम सञ्चालित छन् । सञ्चालित कार्यक्रममा २० परिवार सहभागी छन् । परिवारका सासूससुरा तथा छोरा–बुहारीले ११ हप्ते तालिम लिएपछि परिवारभित्र लैङ्गिक विभेद कम हुनाका साथै आयआर्जनका लागि सबै सदस्य योगदान गर्न तत्पर बनेको राजविराज नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रेम यादवले बताए ।

सीमान्तकृत समुदायका परिवारमा सचेतना अभिवृद्धिसँगै आर्थिक सशक्तीकरणपछि जीवन सम्मानित बन्ने सहज परियोजना जीविकोपार्जन सल्लाहकार रामनाथ साहले विश्वास व्यक्त गरे । भीएसओका लैङ्गिकविज्ञ सुनिलकुमार साहले लैङ्गिक रुपान्तरण अभियानअन्तर्गत आर्थिक सशक्तीकरण तथा आयआर्जनसम्बन्धी अभियान सञ्चालनले सीमान्तकृत परिवारको जीवनमा परिवर्तन आएको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x