Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआजदेखि मध्यम र लामो दूरीको बस सञ्चालन हुुँदै

आजदेखि मध्यम र लामो दूरीको बस सञ्चालन हुुँदै


काठमाडौं, असोज १
सरकारको निर्णयको कारण करिब छ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस सञ्चालन हुने भएको छ । यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले बिहीबारबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ ।

चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ । कार्यदलले बुधबार नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर बस सञ्चालनको प्रस्ताव मन्त्रिपरिषद्मा लगेकोमा धन्यवाद दिएको थियो । मन्त्री नेम्वाङले आवश्यक सबै स्वास्थ्य सुरक्षा अपनाएर मात्रै बस सञ्चालन गर्नुपर्ने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया