सुबास बस्नेत
दोलखा, असोज १
कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन र निषेधाज्ञाले लामो समयदेखि सुनसान बनेको चरीकोट बजारमा सवारी खुलेसँगै चहलपहल बढेको छ । दोलखामा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले लकडाउन हटाए पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।
लकडाउन खुलेपछि असारमा जिल्लाभित्र केही समय चलेका सवारी स्थानीय प्रशासनले साउनदेखि निषेधाज्ञा जारी गरेपछि फेरि बन्द भएका थिए । जिल्ला प्रशासन र जिल्ला संकट व्यवस्थापन समितिले भदौ २६ गतेदेखि निषेधाज्ञा खोलेर बजारसँगै जिल्लाभित्र सवारी खोल्ने निर्णय गरेको थियोे । त्यसपछि चलेका सवारीले सदरमुकाम चरीकोटमा मानिस तथा सवारीको चाप बढेको छ । सदरमुकाम चरीकोटबाट सबै गाउँ जाने बस चल्ने तयारी गरे पनि कति स्थानमा जाने बसले यात्रु नपाएको कारण लाइनमा मात्र बस्नुपरेको बसका चालकले बताएका छन् ।
सरकारले आधा यात्रु बोक्न निर्देशन दिए पनि दोलखामा केही बसले भने सिटभरी खचाखच यात्रु राखेको पाइएको छ । रोल्वालिङ यातायात सहकारी संघ दोलखाका अध्यक्ष बालकृष्ण आचार्यले सबै ठाउँमा बस जान तयार रहे पनि यात्रु नभएकै कारण बस सदरमुकाम चरीकोटमै राख्नुपर्ने गुनासो बस चालकले गरेको बताए ।
कोरोनाको त्रासले गाडीमा ओहोरदोहोर गर्ने यात्रुको संख्या न्यून रहेको अरनिको भीमेश्वर यातायात प्रालि चरीकोटले जनाएको छ । जिल्लाका सबै क्षेत्रमा सवारी पुग्न नसकेकै कारण यात्रु पाउन मुस्किल भएको यातायात व्यवसायीहरु बताउँछन् । सवारी ओहोरदोहोर गर्न थालेपछि बजारका होटलमा फाट्टफुट्ट व्यापार हुनथालेको चरीकोटका होटल व्यवसायी कुमार श्रेष्ठले जानकारी दिए । लामो समयदेखि प्रभावित बनेको होटल क्षेत्रमा पनि विस्तारै चहलपहल बढ्नथालेको श्रेष्ठले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया