ढोरपाटनका बाढी पीडितलाई जिल्ला सहकारी संघ बागलुङको ५ लाख सहयोग
बाग्लुड. ।
जिल्लाको ढोरपाटन नगरपालिकाका पहिरो पीडितका लागि जिल्ला सहकारी संघ लिमिटेड बागलुङले ५ लाख १ हजार १ सय रूपैया आर्थिक सहयोग उपलब्ध गराएको छ । संघको संयोजन तथा विभिन्न संघ संस्थाहरूको सहयोगमा संकलित सहयोग रकमको चेक संघका अध्यक्ष दिपक गौतमले बुधवार ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरेका हुन् । भदौ १७ गते आएको पाढी पहिरोबाट ढोरपाटन नगरपालिका वडा नं. ९, ८ र ७ मा २२ जनाको मृत्यु भएको भने १६ जना अझै वेपत्ता रहेका छन् । वेपत्ताहरूको खोजी कार्य जारी रहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए ।
बाढीले ८० घर पूूर्ण रूपमा क्षति गराएको छ । ५१ घरमा आंशिक क्षति पुगेको छ भने ११ वटा लघु जलविद्युत आयोजना, एक स्वास्थ्य इकाई, ११ झोलुंगे पुल, ५ वटा ढलान पुल, १० वटा काठेपुल र दुई विद्यालय सहित ७१ वटा भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङले पहिरो पीडितहरूका लागि आर्थिक सहयोग गर्न जिल्लास्थित संघ संस्था लगायत देशभरका सहकारी संघ संस्थाहरूलाई आव्हान गरेको थियो । जिल्ला सहकारी संघले सञ्चालन गरेको अभियानमा बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले ंसंस्थाद्वारा सञ्चालित आदर्शसञ्चार अनलाइनको वार्षिकोत्सवको खर्च कटाएर र आफ्ना शेयर सदस्यसंग पहिरो पीडितका लागि सहयोग संकलन गरेर १ लाख ७५ हजार रूपैया सहयोग गरेको थियो ।
त्यस्तै जिल्ला कृषि संघ लिमिटेड बागलुङले जिल्लाका कृषि सहकारी संस्थाहरूसंग संकलित ८० हजार ५ सय रूपैया, गलकोट सहकारी सञ्जालले ४२ हजार ५ सय, राष्ट्रिय सहकारी बैंक लिमिटेडले ३० हजार सहयोग गरेको जिल्ला सहकारी संघका सचिव तेजेन्द्र बहादुर थापाले जानकारी दिए । अन्य रकम जिल्ला सहकारी संघले बागलुङ लगायत विभिन्न क्षेत्रमा सञ्चालित सहकारी संघ संस्थाहरू र सहकारीकर्मीहरूसंग संकलित गरेको सचिव थापाले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया