जनकपुरधाम ।
नेपाल तराई इन्जिनियर्स समाजले धनुषा तथा महोत्तरीका विभिन्न स्थानमा राहत वितरण गरिरहेको छ । शनिबार धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका वडा नं. ३ मा ५० जना विपन्न परिवारलाई समाजले खाद्यान्न तथा मास्क वितरण गरेको हो । उनीहरुलाई चामल १० किलो, रहर दाल २ किलो, आलु २ किलो, प्याज २ किलो, सोयाविन २ किलो, नुन १ किलो, नुहाउने साबुन १ वटा, कपडाको साबुन १ वटा, मास्क र सेनिटाइजर वितरण गरिएको छ ।
एसोसिएसनका प्रदेश अध्यक्ष भगवान झाले कसैलाई खानको अभावमा नहोस् भनेर आफूहरुले राहत वितरण गरेको जानकारी दिए । समाजको तर्फबाट प्रदेश नं. २ का विभिन्न जिल्लामा राहतस्वरुप खाद्यान्न तथा मास्क सेनिटाइजर वितरण गर्ने कार्य जारी रहेको उनले बताए । शुक्रबार महोत्तरीको बलवा नगरपालिकाको बदियामा ४५ परिवारलाई राहत वितरण गरिएको थियो ।
प्रदेश २ सरकारले दुईपटक प्रदेशभर राहत वितरण गरेका थिए भने केही नगरपालिका र गाउँपालिकाले एकपटक राहत वितरण गरेका थिए । यसबाहेक स्थानीय संघ/संस्था र स्थानीय समाजसेवीहरुले नै राहत वितरण कार्यमा सहभागी रहेको देखिएको छ ।
नेपाल तराई इन्जिनियर्स समाजका केन्द्रीय महासचिव दीपेन्द्रकुमार साहले दैनिक काम गरेर गुजारा गर्नेहरुको अवस्था एकदमै दयनीय रहेको चर्चा गर्दै पेशागत संस्था र समाजसेवीहरुले राहत वितरण अभियानमा बल दिनुपर्ने आवश्यक्ता रहेको बताए । यता, समाजले शनिबार सशस्त्र प्रहरीलाई पनि मास्क, सेनिटाइजर वितरण गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया