मध्यसोलु हाइड्रोपावरको काम दशैँअघि नै सुरु हुने
महेन्द्र शाही
सोलुखुम्बु ।
सोलुखुम्बुको सोलु खोलामा निर्माण हुने मध्यसोलु हाइड्रोपावर नौ दशमलव पाँच मेगावाटको काम दशैँअघि नै सुरु गर्ने बताइएको छ । आयोजनाले सरोकारवालासँगको छलफलमा आयोजनाको काम दशैँअघि नै सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ । आयोजनाले पावर हाउस निर्माण हुने सोलुदुधकुण्ड नगरपालिकाका वडा नम्बर ६ का स्थानीयसँग छलफल गर्दै आयोजना जति सक्दो छिटो सञ्चालन गर्ने तयारी भएको लगानी कर्ता रमेशराज गौतमले जानकारी दिए ।
आफूहरूले ठेक्केदारसँग दशैँअघि नै काम सुरु गर्न आग्रह गरेको उनले बताए । दशैंभन्दा अघि काम सुरु भएपछि पुनः काम रोकिने र त्यसपछि फागुनदेखि काम गर्दा कामले गति लिने विश्वासका साथ काम सुरु गर्न आग्रह गरिएको उनले सुनाए । अहिले वातावारण प्रभाव मुल्याङ्कन स्वीकृत भएकाले दशैँअगाडि नै निर्माण कार्य सुरु गर्नका लागि आफूहरूले ठेक्केदारलाई ताकेता गरिहरेको उनले बताए । यो आयोजनाबाट सोलुदुधकुण्ड नगरपालिकाका वडा नम्बर ३, ४, ५ र ६ प्रभावित हुने भएकाले सामाजिक उत्तरदायित्वको रकम सोही क्षेत्रमा खर्च गरिने पनि उनले जानकारी दिए ।
सामाजिक उत्तरदायित्वको रकम आफूहरूले स्थानीयलाई प्रतिशतका आधारमा छुट्ट्याइदिने भएकाले यो विषयमा बारम्बार आयोजनालाई दबाब नदिन पनि उनले आग्रह गरे । छलफलमा सहभागीले स्थानीयलाई पहिलो प्रथामिकतामा राखेर आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका छन् । आयोजना निर्माण हुन राम्रो भए पनि स्थानीयले भन्दा बाहिरकाले लाभ लिने अवस्था आउन नहुने स्थानीयको भनाइ छ ।
वातावरण प्रभावको विषयमा स्थानीय नागरिकलाई खबरै नगरिकन सार्वजानिक सुनुवाइ गरिएको भन्दै वडा अध्यक्ष रामकुमार श्रेष्ठले आपत्ति जनाए । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले काम सुरु हुनुभन्दा अगाडि आयोजनाको बारेमा पुनः सार्वजानिक सुनुवाइ गर्न माग समेत गरे ।
वडा नम्बर ६ का स्थानीय तथा गैरसरकारी महासंघका जिल्ला अध्यक्ष दिपक राजभण्डारीले केही व्यक्तिलाई मात्र बोलाइएको भन्दै वडाका सबै स्थानीयलाई सहभागी गराउनु पर्ने बताए । स्थानीयसँग समन्वय गरेर मात्र काम अगाडि बढाउन पनि उनको सुझाव थियो । आयोजनाको काम गत फागुनमा सुरु हुनुपर्ने भए पनि कोरोनाका कारण एक वर्ष लम्बिने भएको छ । प्रतिमेगावाट १५ करोड लागत अनुमान गरिएको उक्त आयोजना सन् २०२३ को अगष्ट ३० तारिखमा सक्ने लक्ष्य राखिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया