Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआकासियो आलु तथा प्याजको मूल्य

आकासियो आलु तथा प्याजको मूल्य


दोलखा ।
पछिल्लो समय बजारमा आलु तथा प्याजको मूल्य आकासिएको छ । बजारमा आलु तथा प्याजको मूल्य बढेर दोब्बर पुगेको उपभोक्तले बताएका छन् । दोलखाको सदरमुकाम चरीकोटमा पनि एक महिना अवधिमा आलु तथा प्याजको मूल्य दोब्बरले बढेको पाइएको छ । अघिल्लो महिनामा प्रतिकेजी ७० रूपैयाँ रहेको प्याजको मूल्य अहिले बढेर एक सय ५० रूपैयाँ पुगेको छ भने प्रतिकेजी ५० रूपैयाँ पाउने आलुको मूल्य बढेर अहिले ९० रूपैयाँ पुगेको उपभोक्ताले बताएका छन् । दोलखामा मुख्यगरी पाँचवटा बजार रहेका छन् । बजार क्षेत्रबाहेकका अन्य गाउँमा समेत आलु तथा प्याजको मूल्य बढेको स्थानीयको भनाइ छ ।

दोलखामा प्याज प्रतिकेजी एक सय ४० रूपैयाँदेखी एक सय ५० रूपैयाँ रहेको स्थानीय होटल व्यवसायी सुन्दर दाहालले बताए । यस्तै आलुको मूल्य भदौ महिनाको भन्दा दोब्बर भएको उनले बताए । केही समय अघि एक सय रूपैयाँ पाथीमा पाइने आलु अहिले मूल्य बढाएर दुई सय ३० रूपैयाँ पुगेको स्थानीय सुनिता नेपालीले बताइन् । चरीकोट बजारमा अन्य तरकारीको मूल्य पनि बढेको छ । बजारमा पाइने आलु, काउली, साग, टमाटर, प्याजलगायतका तरकारीको मूल्य फुटपाथदेखि सटरका व्यापारीले दैनिकरूपमा बढाउँदै लगेको स्थानीय उपभोक्ताले दुखेसो गरेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया