बाँके ।
बाँकेको नेपालगञ्ज, राप्तीसोनारी र नरैनापुरका अति विपन्न तथा पिछिडिएका परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले कुखुरापालनका लागि चल्ला, दाना र अन्य सामग्री वितरण गरिएको छ । कतार च्यारेटी नेपालद्वारा बाँके युनेस्को क्लबमार्फत सञ्चालन गरिएको जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत कुखुरापालन कार्यक्रमबाट सो सहयोग प्रदान गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको कालाफाँटाका अति विपन्न २८ परिवारलाई कुखुरापालनका लागि प्रतिपरिवार एक सय ४० वटा कुखुराका चल्ला, चार बोरा दाना, पानी खुवाउने ड्रम तीनवटा, दाना खुवाउने ड्रम तीनवटालगायतका सामग्री प्रदान गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताए । उनले विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याएर उनिहरूलाई सक्षम बनाउनका लागि सो सहयोग गरिएको बताए ।
सो अवसरमा बोल्दै अध्यक्ष चौधरीले कुखुरापालनका लागि प्रदान गरिएको यो सहयोग ठुलो सहयोग रहेको जनाउँदै यसलाई राम्रोसँग गर्ने हो भने आर्थिक अवस्थामा अवश्य नै सुधार हुने बताए । जिल्लाका २८ अति विपन्न परिवारलाई वितरण गरिएको सो सहयोग १६ लाख रूपैयाँ भन्दा बढीको रहेको क्लबका वित्त प्रमुख पंगालीले जानकारी दिए । कतार च्यारेटी नेपालले बाँकेमा क्लबमार्फत यसअघि पनि आर्थिकरूपमा कमजोर रहेका अति विपन्न परिवारलाई बाख्रापालन, कुखुरापालन, पसल सञ्चालनका लागि सहयोग प्रदान गरिसकेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया