दोलखाका २१ वटा सामुदायिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन हुने
सुबास बस्नेत
दोलखा ।
हिमाली जिल्ला दोलखाका २१ वटा सामुदायिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन हुने भएको छ । वाग्मती प्रदेश सरकारले दोलखाका २१ वटा सरकारी विद्यालयमा एक/एक जना स्वास्थ्य कर्मचारी राखेर उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
उक्त कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा नै प्रदेशभित्रका विद्यालयहरू छनोट गरेको थियो । गत आवमा दोलखाका तीनवटा विद्यालय छनोटमा परेका थिए ।
प्रदेश सरकारले उक्त कार्यक्रमको लागि चालू आवमा दुई नगरपालिकासहित सात गाउँपालिकामा १८ वटा सरकारी विद्यालय छनोट गरेको छ । वाग्मती प्रदेशले उक्त कार्यक्रमको लागि जिल्लाको प्रत्येक स्थानीय तहको दुई/दुईवटा माध्यमिक विद्यालय छनोट गरेको हो ।
वाग्मती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयले गत वर्ष भीमेश्वर तथा जिरी नगरपालिका र वैतेश्वर गाउँपालिकामा सो कार्यक्रम सुरु गरेको थियो । चालू आवमा उक्त कार्यक्रमको लागि जिरी नगरपालिका वडा नम्बर २ एलुङस्थित बौद्ध भुवनेश्वरी मावि र वडा नम्बर ९ स्थित कालिका मावि छनोटमा परेका छन् ।
यस्तै भीमेश्वर नगरपालिकाको वडा नम्बर १ स्थित क्षमावती मावि र वडा नम्बर ९ स्थित सुर्के मावि, वैतेश्वर गाउँपालिकाको वडा नम्बर ८ स्थित क्षेत्रवती मावि र वडा नम्बर ३ स्थित कालिढुंगा मावि, तामाकोसी गाउँपालिकाको वडा नम्बर १ स्थित नारायणी मावि र वडा नम्बर ३ स्थित सितापाइला मावि, छनोटमा परेका छन् ।
यसैगरी, शैलुङ गाउँपालिकाको शारदा मावि र विरेन्द्र मावि, कालिञ्चोक गाउँपालिकाको लापिलाङ मावि र बालोदय मावि, मेलुङ गाउँपालिकाको डाडाँखर्क मावि र त्रिभुवन मावि, गौरीशंकर गाउँपालिकाको निलकण्ठेश्वर मावि र मानेडाँडा मावि र विगु गाउँपालिकाको गौरीशंकर मावि र तित्रे मावि उक्त कार्यक्रमको लागि छनोटमा परेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया