१२ लाख रुपैयाँमा बलात्कारको मुद्दा मिलाउन धम्की दिने प्रहरीको नियन्त्रणमा
जनकपुरधाम ।
धनुषा जिल्लामा बलात्कारका घटनामा वृद्धि भइरहेको छ । केही दिनपहिला जिल्लाको धनुषाधाम क्षेत्रमा एक जना किशोरीलाई सामूहिक बालात्कार भएको घटनामा दोषीलाई कारबाही गर्न पीडित पक्षको उजुरी समेत दर्ता गर्न नदिई पीडित परिवारलाई १२ लाख रुपैयाँ दिई बलात्कारको मुद्दा मिलाउन दबाब दिनेलाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कृत किशोरीलाई १२ लाख रुपैयाँ लिएर मिल्न दबाब दिने धनुषाधाम नगरपालिका २ धर्मपुरका सत्यनारायण यादव अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । यादवले पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर मिल्न दबाब दिएको र नमिले मार्ने धम्की समेत दिएकाले यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
यादवलाई शनिबार बिहान पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको हो । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया दलित किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । उनको बलात्कारमा संलग्न धनुषाधाम नगरपालिका २ धर्मपुरका श्यामसुन्दर यादवलाई बचाउन उनका बुबा यादवले पीडित परिवारलाई आर्थिक प्रलोभन देखाएको र नमाने मार्ने धम्की दिएका थिए ।
गाउँनजिकैको विद्यालयमा बोलाएर पीडितका बुबा र आमलाई यादवले पैसा लिएर घटना मिलाउन दबाब दिएको प्रहरीले जनाएको छ । धनुषाधाम नौ सय बिगाहस्थित दिदीको घरमा बिहे भोज खान गएकी किशोरीलाई भदौ १ गते साँझ करिब ६ बजे रघुनाथपुर फर्किंदै गर्दा धर्मपुरनजिक १४–१५ जना युवाले घेरेर किशोरीलाई बलात्कार गरेका थिए । उक्त घटनामा संलग्न आठ जनामाथि प्रहरीले मुद्दा चलाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया