प्रदेश नीति तथा योजना आयोगद्वारा वार्षिक प्रतिवेदन हस्तान्तरण
जनकपुरधाम ।
प्रदेश नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
आयोगले गत आर्थिक वर्षमा गरेको कामहरुको विवरण समेट्दै ४२ पृष्ठको प्रतिवेदन तयार पारेको छ । आयोगले आफ्नो प्रतिवेदनमा गत आर्थिक वर्षको उपलब्धिहरुमा प्रदेश सरकारको नीति तथा कार्यक्रम, विषयगत मन्त्रालयको बजेट सीमा निर्धारण र मार्गदर्शन, मध्यकालीन खर्च संरचना, प्रदेशको प्रथम आवधिक योजना, दीगो विकासको लक्ष्यहरुको मार्गचित्र, प्रदेशको जानसांख्यिक स्थिति विवरण, प्रदेशको प्रोफाइल निर्माण, प्रदेश अनुगमन, तथा मूल्यांकन दिग्दर्शन, प्रदेश योजना तथा कार्यक्रम दिग्दर्शन निर्माण आदिलाई राखेका छन् । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, आयोगका उपसचिव ठूलोबाबु दहालसमेतको उपस्थिति थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया