Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुत्केरी महिलाको उद्धार

सुत्केरी महिलाको उद्धार


दोलखा, पुस ११
दोलखाको उत्तरी क्षेत्र बिगु गाउँपालिका ८ खोपाचागुकी एक गम्भीर सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बिगु गाउँपालिका वडा नम्वर ८ का १७ वर्षीया शुषमा श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको हो । सुत्केरी बेथा लागेको लामो समयसम्म पनि बच्चा नजन्मिएपछि श्रेष्ठलाई खोपाचागु स्वास्थ्य चौकीले बिहीबार बिहान प्रस्तावित चरिकोट अस्पतालमा रिफर गरेको थियो ।

एम्बुलेन्समा बिहान ८ बजे प्रस्तावित चरिकोट अस्पतालमा आइपुगेका बिरामीको अवस्था चिन्ताजनक रहेको भन्दै विहान ८ः३० मा सल्यक्रिया गरिएको थियो । बेथा लागेको लामो समय भइसकेको र बच्चा अड्किएको कारण आमा र बच्चा दुवैलाई खतरा हुने भएकाले तत्कालै अप्रेशन गरी बच्चा निकालिएको डा. विनोद डङ्गोलले बताए । अप्रेसनपछि सुत्केरीको स्वासप्रस्वासको गति बढेको र आईसीयूमा राखी थप उपचार गर्नुपर्ने र चरिकोटमा आईसीयू नभएकाले तत्काल हेलिकप्टरमार्फत काठमाडौँ रिफर गरिएको प्रमुख डाक्टर डङ्गोलले जानकारी दिए । सुत्केरी महिलालाई तत्काल काठमाडौँ लगि उपचार गर्नुपर्ने भएपछि महिला तथा बालबालिका मन्त्रालयले तत्काल उद्धारको लागि हेलिकप्टर उपलब्ध गराएका हो ।

सुत्केरी बेथा लाग्ने विभिन्न चरणअनुसार लामो समयसम्म बच्चा नजन्मिदा आमा र बच्चा दुवैको लागि खतरा हुन सक्ने भएको र अप्रेसन गरी बच्चा निकाली सुत्केरी महिलालाई काठमाडौँ रिफर गरिएको डा. डङ्गोलले बताए । अप्रेसन गरी निकालिएको बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x