गर्भपतनको दर बढ्दो, जिल्ला अस्पतालमा मात्रै एक वर्षमा १ सय २६ जनाले गराए गर्भपतन
महेन्द्र शाही
सोलुखुम्बु
सोलुखुम्बु जिल्लामा पछिल्लो पटक गर्भपतन गर्नेको संख्यामा क्रमशः वृद्धि भइरहेको पाइएको छ । जिल्ला अस्पताल फाप्लुमा मात्रै एक आर्थिक वर्षमा एक सय २६ जनाले गर्भपतन गराएका छन् । गत आर्थिक वर्ष २०७६–०७७ मा अस्पतालमा आएर एक सय २६ जनाले गर्भपतन गराएको अस्पतालले जनाएको छ । पछिल्लो समय गाउँ–गाउँमा नै बर्थिङ सेन्टरको स्थापना भएसँगै अस्पतालमा आएर गर्भपतन गराउनेको संख्यामा अझ कमी आएको अस्पतालकी निमित कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिइन् ।
गर्भपतन गराउनेमा २० वर्षभन्दा बढी उमेर समूहका महिलाहरु रहेको अस्पतालले जनाएको छ । सरकारले नै सुरक्षित गर्भपतन अपराध नभई महिलाको प्रजनन अधिकार भएको बताएको छ । तर अहिले पनि ५८ प्रतिशत महिलाले असुरक्षित सेवा लिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ । यद्यपि भ्रुण पहिचान गरेर भने गर्भपतन गर्न पाइँदैन । तर नेपालमा अधिकांशले गर्भमा छोरी भएमा गर्भपतन गराउने गरेका छन् ।
नेपालमा १५ सयभन्दा धेरै स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनसम्बन्धी सेवा उपलब्ध छ । महिलाले नचाहेको खण्डमा १२ हप्तासम्मको र बलत्कार तथा हाडनाता करणीका १८ हप्तासम्मका गर्भपतन गराउन पाउने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा व्यवस्था छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया