दोलखामा कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन दिन थालियो
सुबास बस्नेत
दोलखा ।
जिल्लामा पछिल्लो समय कुकुर आतंक बढेपछि भुस्याहा तथा घरमा पालेका कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन दिन थालिएको छ । १५ दिनको अवधिमा दोलखा जिल्लाभित्रका करिब तीन सय कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ । दोलखाका दुई नगरपालिका र सात गाउँपालिकाभित्रका दुई सय ९४ वटा कुकुर र तीनवटा बिरालोलाई भ्याक्सिन निःशुल्क लगाएको हो ।
खोप लगाउन सुरु गरेको मंगलबार १५ दिन पुगेको छ । १५ दिनको अवधिमा भेटेनरी अस्पताल तथा पशुसेवा केन्द्र दोलखाले दुई सय १३ वटा भाले कुकुर र ८६ वटा पोथी कुकुरलाई रेबिज रोगविरुद्धको भ्याक्सिन लगाएको भेटेनरी प्रदेश विकास स्वयंसेवक एवं प्राविधिक विवेक दाहालले जानकारी दिए । दाहालका अनुसार जिल्लामा छाडा तथा भुस्याहा कुकुरको टोकाइबाट केही व्यक्तिको मृत्युसमेत भएको हुँदा भदौअन्तिम सातादेखि सबै स्थानीय तहमा भ्याक्सिन लगाउन सुरु गरिएको हो । स्थानीय तहका प्राविधिकको रोहवरमा रेबिजविरुद्धको भ्याक्सिन लगाइरहेको उनले जानकारी दिए ।
भेटेनरी अस्पताल चरीकोटले विश्व रेबिज खोप दिवस सेप्टेम्बर २८ को नारा रेबिज अन्त्यका लागि खोप मुख्य नारासहित जिल्लाभरका कुकुर तथा बिरालोलाई अनिवार्य रेबिज खोप दिएर अन्तर्राष्ट्रिय दिवस सफल बनाउने योजनाका साथ खोप लगाइरहेको जनाएको छ ।
रेबिज संक्रमणको डरले अहिले गाउँदेखि सहरका भेटेनरी अस्पतालमा दैनिक दर्जनौं कुकुरलाई भ्याक्सिन लगाउन ल्याउने गरेको भेटेनरी प्राविधिक विवेक दाहालले बताए । दोलखा जिल्लामा डेढ महिनाको अवधिमा नौ स्थानीय तहका करिब ४० जनालाई कुकुरले टोकेर घाइते बनाएको छ भने कुकुरको टोकाइबाट लागेको रोगले तीन जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया