Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधईयूले नेपालको हवाइ सुरक्षामा प्राविधिक सहयोग गर्ने

ईयूले नेपालको हवाइ सुरक्षामा प्राविधिक सहयोग गर्ने


काठमाडौं ।
नेपालको हवाइ क्षेत्रमा युरोपेली संयुक्त आयोगले प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । उक्त विषयमा शुक्रबार आयोग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच अप्रत्यक्ष छलफल भएको छ । युरोपले नेपालको नेपाल वायुसेवा निगमलाई भने प्रतिबन्ध लगाउँदै आएको छ ।

पारस्परिक हितका विविध विषयमा भएको छलफलमा कोभिड–१९ को महामारीबाट नेपालसहित युरोपेली सङ्घका सदस्य राष्ट्रमा परेको प्रभावबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत अप्रिलमा सङ्घले नेपाललाई अर्थतन्त्रको पुनरुत्थान, श्रमिकको माग, नेपालीको आयमा सहायता अभिवृद्धिका निम्ति करिब १० अर्ब २७ करोड ५० लाखको सहायता उपलब्ध गराउन गरेको तयारीबारे पनि बैठकमा विचारविमर्श भएको थियो । अहिलेको महामारीबाट पार पाउन राष्ट्रसङ्घीय विश्व स्वास्थ्य सङ्गठनसमेतको संलग्नतामा बहुपक्षीयरूपमा सहकार्य गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका थिए ।

सङ्घ र नेपालले जलवायु परिवर्तन, मानवअधिकार, बहुपक्षीयता, सम्पर्क सञ्जाल विस्तार, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण, विधिको शासन, सुशासन र मौलिक हकलगायत विषयमा छलफल गर्दै तिनको संरक्षण र प्रवद्र्धनमा प्रतिबद्धता व्यक्त गर्नाका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा सहकार्य गर्ने भएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया