ठूला जलविद्युत्मा लगानी गर्ने अष्ट्रेलियन कम्पनीको प्रस्ताव
काठमाडौं ।
अष्ट्रेलियाको एक कम्पनीले नेपालमा पाँच सय मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा देखाएको छ । त्यहाँको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले कम्तीमा पाँच सय मेगावाट क्षमताको विद्युत् उत्पादन गरी खपतसमेत आफैँ गर्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसमक्ष पेस गरेको हो । सो सम्बन्धमा ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच श्रव्यदृश्य माध्यमबाट द्विपक्षीय छलफल समेत भइसकेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग उनको कार्यकक्षमा विदाई भेटका लागि पुगेका नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडलाई नेपाल सरकारले सो प्रस्तावलाई सकारात्मक रुपमा लिएको मन्त्री पुनले बताएका छन् । अष्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि सरकारका तर्फबाट सहजीकरण गरिने बताए ।
कम्पनीका अध्यक्ष एन्ड्र्यु फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली यही असोज २६ गते नेपाल आउनलागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले सो टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा जानकारी दिने बताए ।
फोर्टेस्क्यू मेटल ग्रुप अष्ट्रेलियाको १० ठूला कम्पनीमध्ये एक हो । ‘नेपालको जलविद्युत् क्षेत्रमा यति ठूलो लगानी आउने र उत्पादित बिजुलीको खपत पनि आफैं गर्ने कम्पनीको प्रस्ताव हामीलाई राम्रो लागेको छ’, मन्त्री पुनले भने, ‘उहाँहरु आउनुभएपछि हामी विभिन्न आयोजनाबारे अवगत गराउँछौं र उपयुक्त आयोजना निर्माणका लागि आवश्यक कानुनी, नीतिगत र प्रक्रियागत विषयमा सम्झौता गर्छौँ ।’ मन्त्री पुनले अष्ट्रेलियाले नेपालको समग्र विकास तथा जलविद्युत् क्षेत्रको विकासमा सहयोग पु¥याउँदै आएको भन्दै आगामी दिनमा समेत सहयोग जारी रहने विश्वास व्यक्त गरे ।
अष्ट्रेलियाले नेपालमा पछिल्लो पटक एकीकृत नदी बेसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत् आयोजना विकासका लागि प्राविधिक सहायता उपलब्ध गराएको छ । यस्तै राजदूत बडले आफ्नो नेपाल बसाइ सफल र स्मरणयोग्य रहेको भन्दै नेपालको सरकार, राजनीतिक नेतृत्व र जनताबाट राम्रो माया र सहयोग पाएकमा प्रसन्नता व्यक्त गर्नुभयो ।
उनले अष्ट्रेलिया सरकारले नेपालको विकासमा गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने स्पष्ट गर्दै अष्ट्रेलियाको निजी क्षेत्रलाई जलविद्युत्सहित नेपालको विविध क्षेत्रमा लगानी गर्न आह्वान गर्ने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया