आजबाट जनकपुरधामका विद्यालयहरू सञ्चालनमा आउने
बटुकनाथ झा
जनकपुरधाम ।
कोरोना भाइरसको महामारीका कारण गएको चैत महिनादेखि बन्द रहेको जनकपुरधामका विद्यालयहरू आज मंगलबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले लकडाउन हटाए पनि विद्यालयहरू भने बन्द नै रहेका थिए । जनकपुरधाम उपमहानगरपालिकाअन्तरगतका विद्यालयहरू अब सतर्कता अपनाई सञ्चालनमा ल्याउन लागेको उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरको कार्यपालिका बैठकले संघीय सरकारले तोकेको मापदण्ड तथा निर्देशिकाको सर्तहरू पालना गर्ने सर्तमा ६–१२ कक्षासम्मका विद्यालयमा मंगलवारदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको उपमहानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शिशु कक्षा र बाल विकासका शिक्षक–शिक्षिकाले विद्यार्थीको घरघर पुगेर ‘होम स्कुलिङ’ गराउने निर्णय गरिएको छ । उपमहानगरपालिकाको शिक्षा शाखाकी अधिकृत अञ्जु पाण्डेका अनुसार संस्थागत विद्यालय तथा सामुदायिक विद्यालयका शिक्षकहरू शिशु र बाल विकासका विद्यार्थीलाई घरमा नै पुगेर पालैपालो शिक्षण सिकाइको कामलाई सञ्चालन गर्ने भनेर निर्णय गरिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया