सुत्केरीलाई घ्यू र भाले दिन थालेपछि नियमित गर्भजाँच गराउनेको संख्यामा वृद्धि
महेन्द्र शाही
उदयपुर ।
उदयपुरको जिल्लाको कटारी नगरपालिका वडा नम्बर ८ का सुत्केरीलाई घ्यू र भाले दिन थालेपछि नियमित गर्भजाँच गराउने क्रममा सुधार देखिएको छ । दुई वर्षदेखि कार्यक्रम सुरु भएपछि अहिले वडाभित्रका सबै गर्भवतीले नियमति गर्भ जाँच गर्नेगरेको वडा अध्यक्ष कमल श्रेष्ठले जानकारी दिए । २ आर्थिक वर्षदेखि घ्यू र भाले प्रदान गर्न सुरु गरेपछि वडाभित्रका सबै महिलाले नियमितरूपमा गर्भजाँच गराउने र समयमै बालबालिकाको जन्मदर्ता समेत गराउने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
कार्यक्रम लागू हुनुभन्दा पहिले गर्भजाँच नगराउने र जन्म दर्ता पनि कक्षा ८ मा पुगेपछि मात्रै गर्न आउने गरेका स्थानीय अहिले सन्तान जन्मेको २–३ दिनमा जन्मदर्ता गराउने आउने गरेको वडाले जनाएको छ । भाले र घ्यूको आसले पनि नियमित गर्भजाँच गराउने गरेको वडाको भनाइ छ । वडाभित्र वार्षिकरूपमा करिब ८० जनाजति बच्चा जन्मने गरेको वडा अध्यक्ष श्रेष्ठले बताए ।
वडाले नियमितरूपमा चार पटक गर्भजाँच गराएको प्रमाण पेस गरेपछि घ्यू र भाले दिनेगरेको छ । वडाले भाले दिन थालेपछि मातृ मृत्युदर समेत घटेको वडाको दाबी छ । स्थानीयले एउटा भाले र वडाले दिएकोएउटा गरी दुईवटा हुने तथा घ्यू पनि एक कुरुवा वडाले दिने गरेको र एक कुरुवा जोहो गरेमा पनि आमा र बच्चाले पोसिलो खाना खानका लागि सहज हुनेगरेको बताइएको छ । नगरपालिकाले पनि सुत्केरीसँग उप मेयर कार्यक्रम गरि गेडागुडी तथा पासिलो खानेकुरा प्रदान गर्नेगरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया