कञ्चनपुरको मझगाउँ विमानस्थल फागुनदेखि निर्माण सुरु गरिने
धन बहादुर जप्रेल
कञ्चनपुर ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्नका लागि आगामी फागुनदेखि संरचना निर्माण कार्य सुरु गर्नेभएको छ । दुई दशकदेखि बन्द विमानस्थल सञ्चालनका लागि गत वर्ष सम्भाव्यता अध्ययन गरिए पछि रनवे, टर्मिनललगायतका संरचना बनाउने प्रक्रिया थालनी गर्न लागिएको हो । यसका लागि प्राधिकरणले आइतबार विमानस्थलमा स्थलगत निरीक्षण गरी सरोकारवालासित छलफल समेत गरेको छ ।
गत वर्ष इन्जिनियर गुरुदत्त अधिकारी नेतृत्वको प्राविधिक समितिले १५ सय २५ मिटरको रनवेमा जहाज उडाउन सकिने सुझाव दिएपछि प्राधिकरणले त्यसैअनुसार तयारी अघि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्भाव्यता अध्ययन गराएको हो । ‘सरकारले यस वर्षका लागि बजेट छुट्ट्याएको छ, त्यसबाट रनवे पिच, ग्राउण्ड फिलिङलगायतका कार्य गर्न फागुनभित्रै ठेक्का गरी निर्माण अघि बढ्छ हुन्छ’ नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले भने, ‘अहिले भएकै बजेटबाट ठेक्का गरी अघि बढाउछौं, त्यसका लागि स्रोत जुटाउन पहल गरिनु आवश्यक छ ।’
प्राधिकरणले विमानस्थल सञ्चालनका लागि रनवे, टर्मिनल निर्माणलगायतका संरचना बनाउन करिब ३७ करोड बजेट अनुमान गरिएको छ । गत वर्ष प्राविधिक समितिले ती सबै संरचना सहित विमानस्थल सञ्चालनका लागि ६४ करोड बजेट चाहिने अनुमान गरेको थियो । ‘फागुनभित्र काम सुरु हुने गरी संरचना बनाउन तत्काललाई ३४ करोडको अनुमान गरिएको छ, अहिले त्यसै बजेटलाई जुटाउन आवश्यक छ’ इन्जिनियर श्रेष्ठले भने, ‘त्यसका लागि यहाँका स्थानीय, संघ र प्रदेश तहबाट सहयोग पाए बजेट सहज जुट्छ ।’
इन्जिनियर श्रेष्ठसहितको टिमले विमानस्थल निरीक्षण गरी सञ्चालनका लागि तिनै तहका सरकारका प्रतिनिधिको प्रतिबद्धता समेत मागेका छन् । सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरू प्रकाश रावल, मानबहादुर सुनार र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले विमानस्थल सञ्चालनका लागि आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता दोहो¥याए । सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्वराज्यमन्त्री रावलले विमानस्थल सञ्चालनका लागि तिनै तहका सरकारले पूर्णरूपमा सहयोग गर्ने बताए ।
‘विमानस्थल सञ्चालन हुनुपर्छ भनेर वर्षौैँदेखि लागि रहेका छौं, यो हामी सबैको साझा एजेण्डा हो’ उनले भने, ‘यसका लागि तीनै तहका सरकारले के–कति सक्छन् त्यो सहयोग गर्न तयार छौँ ।’ प्रदेशसभा सदस्य सुनारले विमानस्थल सञ्चालनले सुदूरपश्चिम क्षेत्रको आर्थिक विकास हुने भएकाले जसरी पनि सञ्चालन हुनुपर्ने बताए । ‘यो विमानस्थल पुरानो नै हो, नयाँ सञ्चालन गर्न मात्रै परेको हो, यो विमानस्थल बनेपछि यो क्षेत्रको आर्थिक विकास हुन्छ’ उनले भने । भारतीय राजधानी दिल्ली, नैनिताल, रुद्रपुर, हरिद्वारलगायतका क्षेत्र नजिक भएकाले विमानस्थल सञ्चालन आवश्यक रहेको उनको भनाइ छ ।
प्रदेशसभा सदस्य सुनारले विमानस्थल सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकार सहित स्थानीय र संघ सरकारसित सहयोगका लागि पहल गरिने बताए । भीमदत्त नगरपालिकाका मेयर विष्टले विमानस्थल सञ्चालन सबैको माग भएकाले सबै क्षेत्रबाट सहयोग हुने बताए । ‘सञ्चालनको सम्भाव्यता अध्ययन गरिएको छ, त्यसका लागि मोडालिटी आएका छन्, त्यसमध्ये कुनमा उपयुक्त हुन्छ, त्यसका आधारमा छलफल गरी अघि बढ्न सकिन्छ’ उनले भने, ‘त्यसका लागि सबैबाट सहयोग हुन्छ ।’
विमानस्थल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भएपछि गत वर्ष भीमदत्त नगरपालिकासहित संघ र प्रदेश सरकारको बजेटबाट तारबार गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तारबार शिलान्यास गरेका थिए । मन्त्री भट्टराईले विमानस्थल सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । भीमदत्त नगरपालिका १६ मझगाउँस्थित विमानस्थल २०५४ मा बन्द भएको थियो । त्यसपछि बन्द विमानस्थल सञ्चालनका लागि २०७४ को निर्वाचनपछि पहल गरिएको थियो ।
समितिका सचिव स्थानीय राजेन्द्र बहादुर चन्दले सुदूरपश्चिममा मझगाउँ विमानस्थल धनगढीपछि सम्भावना बोकेको विमानस्थल भएको बताए । उनले विमानस्थललाई उत्तर/दक्षिण जता पनि बढाउन सकिने विकल्प देखिएको बताए । ‘उत्तरतिर बस्ती छ, अलि समस्या हुनसक्छ, दक्षिणतिर निकुञ्जको एउटा पनि रुख नकाटेर विस्तार गर्न सकिन्छ’, उनले भने ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया