अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचियर वितरण
काठमाडौं ।
सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचियर वितरण गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सहायक सामग्रीको सहज पहुँचमा पुग्न नसकेका दुई सय ४० जना अपाङ्गता भएका व्यक्तिलाई आधुनिक मोडलको ह्वीलचियर वितरण गरेका छन् । काठमाडौँमा बुधबार आयोजिक एक कार्यक्रममा उनले सो ह्वीलचियर वितरण गरेका हुन् ।
उक्त ह्वीलचियरको बजार मूल्य १५ हजार रूपैयाँदेखि दुई लाख ५० हजार रूपैयाँसम्मका रहेका छन । कार्यक्रममा मन्त्री गुरुङले कोरोना भाइरसका कारण झनै समस्यामा परिरहेका अपाङ्गता भएका व्यक्तिहरूको जिम्मा राज्यले लिने बताए । उनले भौतिक पूर्वाधारसहितको अपाङ्गता मैत्री वातावरण निर्माणमा ध्यान दिन पनि सबैलाई आह्वान समेत गरे ।
‘अम होङ गिल ह्युमन फाउन्डेसन’को सहयोगमा उपलब्ध गराएको सो ह्वीलचियर काठमाडौँ उपत्यकाबाहिरका जिल्लामा पनि आवश्यकताअनुसार वितरण गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय अपाङ्ग कोषका सभापति रमेश लामाले जानकारी दिए । कार्यक्रममा समाजकल्याण परिषद्का सदस्य सचिव पुस्कर खाती, राष्ट्रिय अपाङ्ग महासंघ–नेपालका अध्यक्ष मित्रलाल शर्मा तथा अपाङ्गताका क्षेत्रमा कार्यरत संघ, संस्थाहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया