आर्थिक अनियमितता भएको भन्दै वडा कार्यालयमा तालाबन्दी
दोलखा ।
वडागत आयोजनामा मनोमानी गर्दै आर्थिक अनियमित गरेको भन्दै दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुको वडा कार्यालय तालाबन्दी गरिएको छ । उपभोक्ता समिति गठन गर्दा एकलौटी गरिएको साथै वडामा आर्थिक अनियमितता बढ्दै गएको भन्दै नेपाली कांग्रेस वडा कार्यसमितिले मालुले आइतबार वडा कार्यालय तालाबन्दी गरेको हो ।
वडामा भएको आर्थिक अनियमितता छानबिन गर्न र एकलौटीरूपमा उपभोक्ता समिति नबनाउ पटकपटक लिखित र मौखिकरूपमा आग्रह गर्दा समेत वडाले चासो नदेखाएका कारण वडा कार्यालयमा तालाबन्दी गर्नुपरेको नेपाली कांग्र्रेसका नेता सन्तोष पोखरेलले बताए । वडा अध्यक्षले आफूनिकटका व्यक्तिलाई समितिमा राखेर योजना दिएको उनले बताए । आफूूहरूले उठाएका मागलाई सम्बोधन नगरेसम्म आन्दोलनका कार्यक्रम अघि बढाइरहने तथा वडाको ताला नखोल्ने पोखरेलले बताए ।
मालुका वडा सभापति गोपाल तिमल्सिनाको नेतृत्वमा उपस्थित कांग्र्रेस नेता तथा स्थानीयहरूको टोलिले वडा कार्यालय तालाबन्दी गरेको हो । आगामी दिनमा गाउँपालिकामा हुने सबै प्रकारका योजनामा उपभोक्ता समिति छनोट गर्दा सबैले थाहा दिनुपर्ने बहुपक्षीय निर्णय हुनुपर्ने तथा एकलौटी हुँदै आएका कामहरू बन्द गर्नुपर्ने कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया