तिलोत्तमामा गुणस्तरीय शिक्षाका लागि छड्के अनुगमन
पोसकान्त पोखरेल
बुटवल, पुस १३
तिलोत्तमा नगरपालिका रुपन्देहीका वडा नं. १३ र १४ मा अवस्थित नौवटा सामुदायिक विद्यालयहरुमा एक संयुक्त टोलीले छड्के अनुगमन गरेको छ । टिकुलीगढ सिकाइ केन्द्रका अध्यक्ष श्याम खरेलको संयोजकत्वमा तिलोत्तमा नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष गणेश न्यौपाने, नगर शिक्षा अधिकृत गंगाराम आचार्य, प्रचण्ड जिसी, शोभाखर चापागाईं, प्रशिक्षक गोपाल भण्डारीसहितको टोलीले सामुदायिक विद्यालयहरुमा अनुगमन गरेको हो ।
तिलोत्तमा–१३ का वडा अध्यक्ष गणेश न्यौपानेका अनुसार अनुगमन टोलीले १३ र १४ नं. वडामा अवस्थित जनता मावि, टिकुलीगढ मावि, सरस्वती निमावि, दुर्गा मावि, सेमरी आधारभूत विद्यालय, जनजागृति आधारभूत विद्यालय, वभनी भूपू सैनिक आधारभूत विद्यालय, दुर्गा वेद वेदाङ्ग मावि, नमूना महिला आधारभूत विद्यालयहरुमा अनुगमन गरेको छ ।
अनुगमनको क्रममा टोलीले विद्यालयको सरसफाइ, बाल विकास कोठा तथा विद्यार्थीहरुको सरसफाइ, गणित विषय बालविकासको प्रशिक्षण र कार्यान्वयन, शिक्षकसँग विद्यार्थीको अन्तर्घुलन, शिक्षकसँग व्यवस्थापन समितिको अन्तर्घुलन, बालमैत्री कक्षाकोठा भए/नभएको, स्वच्छ खानेपानी तथा सरसफाइको अवस्था, जंकफुड तथा प्लाष्टिकमुक्त विद्यालय भए/नभएको, ड्रेस लगाए/नलगाएको लगायतका विषयहरुमा अनुगमन भएको थियो ।
गुणस्तरीय शिक्षा प्रणालीको लागि विभिन्न विषयहरुमा गरिएको अनुगमनको क्रममा अनुगमन टोलीले केही शिक्षक तथा सहायक प्रअ समेत बाहिरी ड्रेसमा भेटिएको, ४ बजे गर्नुपर्ने हाजिरी बिहानै १० बजे गरेको, विषयगत तालिम एक जनाले लिए पनि अध्यापन अर्कोले गराएको लगायतका केही कैफियतहरुमा सचेत गराउँदै भावी दिनहरुमा गुणस्तरीय शिक्षा प्रणालीमा आँच आउने कुनै प्रकारका गतिविधि नगर्ने गरी सावधानी गराइएको वडा अध्यक्ष गणेश न्यौपानेले जानकारी गराए । न्यौपानेले विगतभन्दा वर्तमानमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा धेरै भिन्नता आएको बताउँदै संस्थागत विद्यालयहरुको तुलनामा राम्रो नतिजा ल्याउन अझै धेरै मिहिनेत गर्नुपर्ने र गर्ने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
- लघुवित्तहरूमा वित्तीय जोखिम बढ्दो
- ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रस्तावमै सीमित
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया