दोलखा ।
दोलखाको तामाकोसी नदीको पिखुतीमा पुल निर्माण भएसँगै दुर्गम गाउँ झ्याँकुमा बस चल्न थालेको छ । जिल्लाको दुई क्षेत्र जोड्ने तामाकोसी नदिमा पुल बनेपछि गौरीशंकर गाउँपालिका ३ को झ्याँकुमा बस सेवा सुचारु आएको हो । तामाकोसी नदीमा अहिले पक्की पुल निर्माण सम्पन्न भएको छ ।
गौरीशंकर गाउँपालिका ३ झ्याँकुमा गुमुखोला पिखुती झ्याँकु मानेडाँडा सडक बाटो निर्माण भएको करिब ३ वर्षपछि बस सञ्चालनमा आएको स्थानीयले जानकारी दिए । लामो समयपछि बस गाउँमा पुगेसँगै स्थानीयहरू खुसी भएर बसको स्वागत गरेका छन् । आइतबार नवनिर्मित पुल हुँदै अरनिको बस पहिलो पटक गाउँमै पुगेपछि स्थानीय खुसी भएका हुन् ।
घन्टौं हिँड्नुपर्ने समस्याको हल भएको भन्दै स्थानीयले बसका चालक र सहचालकलाई फूलमाला लगाएर स्वागत गरे । ‘सिंगटीदेखि डेढ घण्टाको बाटो हिँड्नु पर्थ्यो र पसलका सामानहरू ल्याउन समेत गाह्रो हुन्थ्यो । पिखुतीको पुल बनेसँगै बस सञ्चालन भएको छ, अब धेरै सुविधा भएको छ’, स्थानीय व्यवसायी एवं बुद्धिजीवी दावा लामाले भने ।
अब दैनिक काठमाडौँबाट विहान ७ः०० वजे झ्याँकुको लागि बस छुट्ने अरनिको बस सेवा समितिले जनाएको छ । पुल निर्माण नहुँदा सदरमुकाम चरीकोट हुँदै मैनापोखरी घुमेर झ्याकुको माथिल्लो भेगसम्म बस पुग्ने गरे पनि तल्लो क्षेत्रमा पहिलो पटक बस चलेको स्थानीय धनराज तामाङले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया