बाँकेमा उद्योग दर्ता गर्नेको संख्या बढ्दो
बाँके ।
बाँकेमा घरेलु तथा साना उद्योग दर्ता गर्नेको सख्यामा वृद्धि भएको छ । पछिल्लो एक महिनामा मात्रै तीन सय ५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि उद्योग दर्ता गर्नेको गतेदेखि भदौ २३ गतेसम्म जम्मा सय एक सय ३४ उद्योग दर्ता भएको थियो । भदौ २३ देखि उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएपछि पछिल्लो एक महिनामा उद्योग दर्ता गर्नेको सख्या बढेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेले जनाएको छ ।
कोरोना महामारीका कारण अर्थतन्त्र संकटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि प्रदेश सरकारले दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय गरेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम थारुले जानकारी दिए । प्रदेश सरकारको गत भदौ २३ गते गतदेखि लागू हुनेगरी घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन आएपछि गत भदौ २४ देखि असोज २४ गतेसम्म एक महिनाको अवधिमा मात्रै ३ सय ५९ उद्योग दर्ता भएको प्रमुख उद्योग अधिकृत थारुले बताए ।
पाँच लाखसम्मको पुँजीमा सञ्चालन हुने घरेलु तथा साना उद्योग दर्ता स्थानीय तहमै हुने व्यवस्था छ । पाँच लाखभन्दा बढी पुँजीमा सञ्चालन हुने उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुनुपर्दछ । उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएपछि अहिले धमाधम उद्योग दर्ता भइरहेको प्रमुख उद्योग अधिकृत थारुले बताए । २० लाख रूपैयाँसम्मको पुँजीमा सञ्चालन हुने उद्योगको पाँच हजार रूपैयाँ, २० लाखदेखि ५० लाख रूपैयाँसम्मको १५ हजार रूपैयाँ र ५० लाखदेखि माथिको पुँजीमा सञ्चालन हुने उद्योग दर्ताको लागि २५ हजार रूपैयाँ दर्ता दस्तुर रहेको थियो ।
प्रदेश सरकारको निर्णयपछि अहिले निवेदन दस्तुरबाहेक अन्य दर्ता दस्तुर पूर्णरूपमा छुट भएको प्रमुख उद्योग अधिकृत थारुले जानकारी दिए । घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले लुम्बिनी प्रदेश सरकारको घरेलु तथा साना उद्योग दर्ता दस्तुर छुट गर्ने निर्णयले उद्योगधन्दा सञ्चालन गर्न चाहने उद्यमीलाई ठूलो प्रोत्साहन मिलेको बताइन् । दर्ता दस्तुर छुटपछि अहिले धमाधम घरेलु तथा साना उद्योग दर्ता भइरहेको बताउँदै उनले महासंघले नयाँ उद्योगीलाई व्यावसायिक योजना र आवश्यक परामर्श दिने कार्य गर्दै आएको उल्लेख गरिन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया