सुकुमबासी खड्काको सहारा बने तामाङ, पाइन् पक्की घर
दोलखा ।
दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुकी ७६ वर्षीया सुकुमबासी महिला नरमाया खड्काले भूकम्प गएको ५ वर्षपछि पक्की घरमा बस्न पाएकी छिन् । लामो समयदेखि टिनको टहरामा रात काट्दै आएकी खड्कालाई वैतेश्वर दुई निवासी युवा समाजसेवी झलक तामाङले उनलाई एक कोठाको पक्की भवन निर्माण गरिदिएर सोमबार नयाँ घरको साचो जिम्मा दिएका छन् ।
पुरानो घर र जग्गा नहुँदा भूकम्पमा नाम नआएपछि घरविहीन बनेकी एक्ली महिला लामो समयदेखि जस्ताको कटेरोमा रात बिताउँदै आएकी थिइन् । अघिल्लो वर्ष वैतेश्वर ६ का स्थानीय तिर्थ घिमिरेले महिलाको नाममा ५ आना जग्गा दान दिएर तामाङले दुई लाख लगानी गरेर भूकम्परहित पक्की घर निर्माण गरिदिएका हुन् । ७६ वर्षकी महिला खड्का ७४ वर्षीय श्रीमान्को ६ महिनाअघि टिनको कटेरोमा मृत्यु भएपछि उनी बेसहारा बनेकी थिइन् ।
समाजसेवी काम गर्दै हिँडेका तामाङले उनको नाजुक अवस्था देखेपछि उनको सहारा बनेर दुई लाखको घर निर्माण गरी सोमबार हस्तान्तरण गरेको युवा समाजसेवी झलक तामाङले जानकारी दिए । नवनिर्मित घर एक कोठाको १६ फिट लम्बाइ र १० फिट चौडाइको पक्की घर हो ।
घरको साँचो बुज्दा ७६ वर्षीया महिलाले खुशी हुँदै दशैँको मुखमा पक्की नयाँ घर पाएपछि दंग पर्दै तामाङलाई धन्यवाद दिएकी छन् । वैतेश्वर निवासी तामाङले यसअघि पनि सोही गाउँका एक दलित परिवारलाई घर निर्माण गरेर दिएका थिए । युवा समाजसेवी तामाङको टोलीले केही दिनअघि वैतेश्वर ३ पाइलेका दलित परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन् ।
मुख्य चाडपर्वको समयमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामानको समस्यामा परेका पाइलेका अपाङ्ग, एकल महिला तथा निम्न वर्गका गरिब दलित परिवारलाई चामल, दाल, तेल जिरा मसलालगायतका सामग्री तामाङको सहयोगमा वितरण गरिएको छ ।
त्यसैगरी आर्थिक अवस्था कमजोर भएका तथा अपाङ्ग व्यक्ति राम खड्का तथा आयस्रोत निम्न भएका रामकुमारी कार्की, नरमाया अधिकारी र प्रेम कुमारी कार्कीलाई जनही एक बोरा चामल, एक लिटर तेल, जिरी मसला, चिउरा वितरण गरेर दशैँ मनाउन राहत दिएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया