धादिङ ।
चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । दशैं पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल लगायतको टिमले सोमबारसम्म जिल्ला सदरमुकाम धादिङबेसीका एक सय १८ वटा पसलहरु अनुगमन गरेको छ । १० दिन लगाएर गरिएको उक्त अनुगमनमा एक सय १८ वटा खाद्यान्न पसल अनुगमन गरिएको थियो जसमध्ये तीनवटा पसलहरुलाई जरिवानासहितको कारबाही गरिएको घरेलु तथा साना उद्योग कार्यालय धादिङले जनाएको छ ।
जसमा एउटा पाँच हजार, १० हजार र ५० हजार जरिवाना समेत लगाइएको समेत घरेलु तथा साना उद्योग कार्यालय धादिङले जनाएको छ । अनुगमनमा मूल्यसूची नराख्न पसलहरुलाई तत्काल मूल्यसूची राख्न निर्देशन दिएको र म्याद गुज्रेका सामग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया