सुबास बस्नेत
दोलखा ।
दोलखाका नौ वटै स्थानीय तहहरुले निःशुल्क कोरोना परीक्षण गर्ने भएका छन् । आइतबार एक विज्ञप्ति जारी गरी सबै स्थानीय तहहरुले आफ्ना नागरिकको निःशुल्क कोरोना परीक्षण गर्ने जनाएका छन् । दुई नगरपालिकासहित ७ गाउँपालिकाका प्रमुख र जिल्ला प्रशासन कार्यालय दोलखाको आइतबार बसेको सर्वपक्षीय बैठकले निःशुल्क पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो ।
बैठकले कोरोना भाइरस रोग संक्रमण भई लक्षण देखिएको अवस्थामा निःशुल्क पीसीआर परीक्षण गर्ने र पोजिटिभ नतिजा आई उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च जिल्लामा रहेको कोरोना महामारी कोषमा जम्मा भएको रकमबाट सबै पालिकाले खर्च व्यहोर्ने निर्णय गरिएको छ । कोषमा भएको रकमले अपुग भएमा स्थानीय तहहरुले थप गर्दै जाने निर्णय समेत भएको छ । बैठकले स्थानीय तहको सिफारिसमा सोमबार, बुधबार र शनिबार धुलिखेल अस्पताल दोलखा र किर्नेमा स्वाब संकलन गर्ने निर्णय गरेको छ ।
साथै बैठकले कोरोना संक्रमितको दोलखामा उपचार सम्भव नभई धुलिखेल वा काठमाडौं उपचारको लागि पठाउनुपरेमा बिरामीलाई प्रतिव्यक्ति १० हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । निःशुल्क उपचार भने जिल्लाभित्रको अस्पतालमा मात्रै हुने भएको हो । कोरोना टेष्ट गरेका नागरिक रिपोर्ट नआउन्जेलसम्म आइसोलेसनमा बस्नुपर्ने र आइसोलेसनमा नबसेको खण्डमा कारबाही गर्ने बैठकले निर्णय गरेको छ ।
साथै बैठकले सबै व्यापारिक पसलमा अनिवार्य रुपमा मास्क र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने निर्णय पनि भएको बताइएको छ । दशैँको समयमा जिल्ला दैनिक कोरोना संक्रमित बढेपछि स्थानीय सरकारका जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा दशैँको समयमा मात्र ६७ जना सक्रिय संक्रमित थपिएका छन् । जिल्लामा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८० पुगेको छ भने जम्मा संक्रमण हुनेको संख्या एक सय ४० पुगेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया