सोलुका तीन युवाद्वारा लोबुचे हिमालको सफल आरोहण
सोलुखुम्बु ।
सोलुखुम्बुका तीन युवाहरुले लोबुचे हिमालको सफलतापूर्वक आरोहण गरेका छन् । आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न भन्दै जिल्लाको सोलुदूधकुण्ड नगरपालिका १० टाप्टिङका लाक्पा शेर्पा, रिन्जि शेर्पा र थुलुङदूधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्लीका विनोदमणि राईले बिहीबार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको हिमालको सफलतापूर्वक आरोहण गरेका हुन् ।
उनीहरुले वाङ्छु पिक प्रमोसन ट्रेक एण्ड एक्स्पिडिसनको व्यवस्थापनमा बिहीबार बिहान १० बजे चुचुरोमा पाइला टेक्न सफल भएको कम्पनीका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिए । बहराइनका राजकुमारसहितको टोलीले सिजनको पहिलो आरोहणका रुपमा छ हजार एक सय १९ मिटर उचाइको हिमाल आरोहण गरेको थियो । लोबुचे हिमाल आरोहण गर्ने यो टोली दोस्रो हो ।
कोरोनाका कारण यो वर्षको मुख्य सिजनमा समेत हिमाल आरोहण हुनसकेको थिएन । जिल्लाका स्थानीय युवाले सफल रुपमा आरोहण गरेपछि हिमाल आरोहणका लागि सुखद रहेको सन्देश समेत दिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया