सोलुखुम्बु ।
सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीका बजारमा ओखरको व्यापार बढेको व्यापारीहरूले बताएका छन् । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै ओखरको बिक्री बढेको उनीहरूको भनाइ छ । विशेषगरी तिहारमा फूल लगाउँदा ओखरको दिउल प्रयोग हुने भएकाले बिक्री बढेको व्यापारी दोर्जी शेर्पाले बताए ।
तिहार नजिकिएसँगै पछिल्लो समय दन्ते ओखर दैनिक पाँच देखि १० किलोसम्म बिक्री हुने गरेको व्यापारी शेर्पाको भनाइ छ । ओखरको व्यापार बाह्रै महिना हुने भए पनि तिहार नजिकिँदा माग अत्यधिक बढेको नयाँ बजारका व्यापारी मिनकुमार श्रेष्ठले बताए ।
साबिकको समयमा बढीमा दैनिक मुिस्कलले एक किलोसम्म बिक्री हुनेगरेको ओखर तिहारको समयमा बिक्रीदर समेत बढेको व्यापारीको भनाइ छ । सल्लेरीको बजारमा स्थानीयस्तरमा उत्पादिन ओखरको भन्दा बाहिरबाट आयातिद दन्ते ओखरको माग बढी रहेको छ । स्थानीय हाडे ओखरको दिउल निकाल्न कठिन हुने भएकाले पनि उपभोक्ताको ध्यान आयातित दन्ते ओखरमा परेको हो । बजारमा बिक्री भइरहेको दन्ते ओखर भारत, चिन, अमेरिका, इजिप्टलगायतका मुलुकहरूबाट आयत हुने गरेको व्यापारीहरू बताउँछन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया