पहिलो पटक बझाङको ग्रामीण क्षेत्रमा बजार अनुगमन
आशिष बहादुर सिंह
बझाड. ।
घरेलु तथा साना उद्योग विकास कार्यालय बझाङले पहिलो पटक ग्रामीण क्षेत्रका बजार अनुगमन गरेको छ । कार्यालयले चाडपर्वका बेला हुनसक्ने कालोबजारी, मिसावटलगायत गतिविधि नियन्त्रण लागि बझाङमा साना तथा ठूला बजारमा बजार अनुगमन कार्यलाई तीव्रता दिइएको हो ।
अनुगमनहरू पहिला सदरमुकाम चैनपुरलक्षित मात्रै हुनेगरे पनि यसपटक भने जिल्लाका सबै बजारहरूमा गरिएको छ । विभिन्न बजारहरूमा गरिएको अनगमनका क्रममा अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको कार्यालयले जनाएको छ । अखाद्य वस्तुको बिक्री वितरण रोक्न, म्याद नाघेका वस्तुको बिक्रीवितरण रोक्न र खाद्य अधिकारलगायत राजस्व चुवावट रोक्नको लागि व्यापारी तथा उपभोक्ताहरूलाई जागरुक बनाउनका लागि बजार अनुगमन गरिएको उद्योग विकास अधिकृत खडक बोहराले बताए ।
अनुगमनका क्रममा मिठाइ, चाउचाउ, चिउरा, बिस्कुट, तेल, खानेपानी, पिठो, दाल, मद्यिरा, चिसो पेयपदार्थ, मसलाहरूलगायतका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया