फालिएका टायरबाट आकर्षक गमला, लकडाउनमै दुई लाख बढीको कारोबार
जिएम यादव
बाँके ।
नेपालगन्जमा एक जना व्यक्तिले सडकमा फालिएका पुराना टायरलगायतका कवाडी सामानहरूको प्रयोगबाट घर सजाउने आकर्षक गमला निर्माण गरेर आयार्जन गर्नथालेका छन् । बन्दाबन्दीपछि काम सुरु गरेका नेपालगन्ज उपमहानगरपालिका–४ सल्यानबागका सूर्य गुरुङलाई काम सुरु गरेको केही महिनामै माग पूरा गर्न धौधौ भएको छ ।
पूर्ववडाध्यक्ष समेत रहेका गुरुङ बन्दाबन्दीभन्दा अगाडि राजनीतिक कार्यक्रमहरूमा भेटिन्थे । बन्दाबन्दीपछि भने घरबाट बाहिर निस्किएका छैनन् । कवाडी सामान प्रयोग गर्दै उनले आकर्षक गमला बनाउन थालेपछि घरबाहिर निस्किन समय नै पाएका छैनन् । गुरुङले घरको छतमा बसेर गमला तयार पार्छन् । गमला खरिदका लागि मानिसहरू उनको घरसम्म पुग्ने गर्छन् । बन्दाबन्दीको समयमा घरबाहिर निस्किने अवस्था थिएन, सडकमा फालिएका गाडीका टायरबाट घरको छतमा ड्रागन फ्रुटलगायतका अन्य तरकारी रोप्न केही गमला बनाएँ’, गुरुङ भन्छन्, ‘ती गमला सामाजिक सञ्जाल फेसबुकमा राखेको थिएँ, साथीभाइले मन पराएपछि यसमै समय बित्नथालेको छ ।’ बन्दाबन्दीपछि करिब १०० गमला बिक्री गरिसकेका गुरुङ अहिले मागअनुसारको गमला बनाउन समय अभाव हुने गरेको बताउँछन् ।
व्यक्तिगतसँगै सरकारी र गैरसरकारी कार्यालयबाट गमलाको माग हुने गरेको उनको भनाइ छ । एक हजारदेखि पाँच हजार रुपैयाँसम्मको गमला बिक्री गरेका गुरुङले दुई लाख बढीको गमला बिक्री गरेको बताए । गाडीका पुराना टायर, मिनिरल वाटरका बोतल, जारका बोतललगायत अधिकांश कवाडी सामान आफूले प्रयोग गरी गमला बनाउँदै आएको गुरुङ बताउँछन् । सामाजिक सञ्जालमा टायरको गमला बनाएको देखेपछि आफूले पनि बनाउन सक्छु भन्ने लागेर सुरु गरेको उनको भनाइ छ । सबैले हौसला दिएकाले यसलाई व्यवसायकै रूपमा अघि बढाउने गुरुङको सोच छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया